शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • मिक्वाखोलाका भूमिहीनलाई निस्सा वितरण, बजार बाहिर एक रोपनीसम्म जग्गा पाउने

मिक्वाखोलाका भूमिहीनलाई निस्सा वितरण, बजार बाहिर एक रोपनीसम्म जग्गा पाउने

 |  शनिबार, फागुन २६, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, फागुन २६, २०८०

फुङ्लिङ- ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले भूमिहीनलाई निस्सा वितरण गरेको छ। राष्ट्रिय भूमि आयोग ताप्लेजुङको समन्वयमा दलित र भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबास गर्दै आएका परिवारलाई निस्सा वितरण गरेको हो।

मिक्वखोला-१ र २ मा आठ/आठ परिवारलाई निस्सा वितरण गरिएको हो। मिक्वखोला-३ मा दुई, वडा नं ४ मा तथा वडा नं ५ मा दुई परिवारलाई निस्सा वितरण गरिएको मिक्वाखोलाका प्रमुख प्रशासकीय अधिकृत अर्जुनदेव योङयाले जानकारी दिए। निस्सा वितरण गरेसँगै जग्गा खोजी गरी केही महिनापछि उपलब्ध गराउने गरी पालिकाले काम गरिरहेको उनले बताए।

निस्सा पाएपछि जग्गा पाउने आशले भूमिहीन स्थानीय खुसी भएका छन्। राष्ट्रिय भूमि आयोगका जिल्ला अध्यक्ष कुमार बस्नेतका अनुसार निस्सा वितरण गर्ने मिक्वाखोला गाउँपालिका जिल्लाको दोस्रो स्थानीय तह हो।

यसअघि गत पुस २७ गते फुङ्लिङ नगरपालिकामा राष्ट्रिय भूमि आयोगले नगरपालिकाभित्रका ३६ दलित, ७० सुकुम्बासी र ११ अव्यवस्थित बसोबासीलाई निस्सा वितरण गरेको थियो।

निस्सा पाएका परिवारले सम्बन्धित वडामा जग्गा प्राप्तिका लागि आफ्नो दाबी प्रस्तुत गर्न पाउने अध्यक्ष बस्नेतले बताए। उनका अनुसार प्रमाणीकरणमा परी निस्सा पाएका परिवारले बजार क्षेत्रमा न्यूनतम चार आना र बजार बाहिर एक रोपनीसम्म जग्गा प्राप्त गर्नेछन्। रासस

प्रकाशित: Mar 09, 2024| 16:31 शनिबार, फागुन २६, २०८०
प्रतिक्रिया दिनुहोस्