शुक्रबार, भदौ १२, २०८३

बेनोज अधिकारीलाई सम्झँदै अखिल (क्रान्तिकारी) को टोली बाघझोडामा

 |  बिहीबार, फागुन २४, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २४, २०८०

मोरङ- अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष जीपी मैनाली सहितको टोली सहिद बेनोजलाई सम्झँदै मोरङको बाघझोडा पुगेको छ।

अखिल क्रान्तिकारीका तत्कालीन उपाध्यक्ष बेनोज अधिकारी  स्मृति दिवसको दिन उपाध्यक्ष मैनाली सहितको टोली बिहीबार अधिकारीको हत्या भएको स्थल मोरङको बाघझोडा पुगेको हो।

टोलीमा क्रान्तिकारीका पूर्व उपाध्यक्ष तथा सुनसरी माओवादी केन्द्रका नेता मदन चुडाल सहित क्रान्तिकारीको स्थानीय नेतृत्व सहभागी थियो। टोलीले बेनोज हत्या गरिएको सुन्दरहरैंचा स्थित जंगलसहित सुकुना बहमुखी क्याम्पस अगाडि निर्मित शहिद बेनोज गेट पुगेको अखिल (कान्तिकारी) नेता उमेश सेन्चुरीले जानकारी दिए।

तत्कालीन उपाध्यक्ष अधिकारीलाई २०५८ फागुन २४  गते तत्कालीन राज्य सत्ताले गिरफ्तारपछि चरम यातना दिएर मोरङको खोर्साने माथि बाघझोडामा हत्या गरेको थियो।

प्रकाशित: Mar 07, 2024| 20:13 बिहीबार, फागुन २४, २०८०
प्रतिक्रिया दिनुहोस्