शुक्रबार, भदौ १२, २०८३

संसद् बैठक फागुन ३० सम्मलाई स्थगित

 |  बिहीबार, फागुन २४, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २४, २०८०

काठमाडौं- प्रतिनिधि सभाको अर्को बैठक आउँदो फागुन ३० गते बस्ने भएको छ। सभामुख देवराज घिमिरेले अर्को बैठक फागुन ३० गते बुधबार बिहान ११ बजेका लागि तोकेका हुन्।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरेका थिए। साथै दलीय आधारमा सबै पार्टीका नेताहरुले बोलेका थिए। नयाँ गठबन्धन बनेपछि पहिलो पटक संसद् बैठक बसेको हो।

यसअघि गत सोमबारका लागि डाकिएको बैठक नयाँ गठबन्धन बन्ने भएपछि अन्तिम समयमा स्थगित भएको थियो।

प्रकाशित: Mar 07, 2024| 16:08 बिहीबार, फागुन २४, २०८०
प्रतिक्रिया दिनुहोस्