मंगलबार, जेठ १९, २०८३

माओवादीद्वारा लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता

 |  बुधबार, फागुन २३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २३, २०८०
National life
Shivam cement

लुम्बिनी- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। माओवादी केन्द्र लुम्बिनी प्रदेश संसदीय दलको आज बसेको बैठकले मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलाई दिएको समर्थन फिर्ता लिएको जनाएको छ। 

माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक इन्द्रजित थारूले समर्थन फिर्ता लिएको जानकारीसहितको पत्र मुख्यमन्त्रीको सचिवालयमा बुझाएको बताए। कूल ८७ सदस्यीय प्रदेशसभामा १० दलका ८६ र एक स्वतन्त्र सदस्य छन्। प्रदेशमा सबैभन्दा ठूलो दल नेपाल कम्युनिष्ट पार्टी (एमाले)का २९, माओवादी केन्द्रका ११ र जनता समाजवादी पार्टीका तीन सदस्य छन्।

प्रकाशित: Mar 06, 2024| 14:57 बुधबार, फागुन २३, २०८०
प्रतिक्रिया दिनुहोस्