शुक्रबार, भदौ १२, २०८३

सामुदायिक विद्यालयको दिवा खाजामा कोदो, मकै र फापरका परिकार

 |  बुधबार, फागुन २३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २३, २०८०

कालीकोट- कालीकोटको सान्नी त्रिवेणी गाउँपालिकाले सामुदायिक विद्यालयलाई दिवा खाजामा स्थानीय परिकार समावेश गर्न निर्देशन दिएको छ। सोहीअनुसार सामुदायिक विद्यालयले पनि स्थानीय उत्पादन कोदो, मकै, फापरका परिकार प्रयोग गर्न थालेका छन्।

गाउँपालिकामा रहेका ३० वटा सामुदायिक विद्यालयमा हरेक बार फरक–फरक परिकारको तालिका बनाइ कार्यान्वयन गर्न सबै विद्यालयलाई निर्देशन दिएको अहिले सोहीअनुसार दिवा खाजा खुवाउने गरिएको गाउँपालिकाका शिक्षा शाखाका प्रमुख मोहनवीर धामीले बताए।

‘विद्यार्थीलाई स्थानीय मौलिक परिवार खिर, लिटो, फलफूल, दातभात, रोटीलगायतका खाजा खुवाउने गरेका छौँ’ उनले भने, ‘सबै सामुदायिक विद्यालयमा अध्ययनरत छ हजार विद्यार्थी भए पनि तीन हजार विद्यार्थीलाई रैथाने बालीको खाजा गराएको छ।’ दिवा खाजा शिशुदेखि कक्षा ५ सम्म उपलब्ध गराइएको छ।

प्रकाशित: Mar 06, 2024| 05:31 बुधबार, फागुन २३, २०८०
प्रतिक्रिया दिनुहोस्