बिहीबार, चैत २६, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • सरकारी जग्गा व्यक्तिको नाममा गरिदिने जनप्रतिनिधि भ्रष्टाचारी ठहर

सरकारी जग्गा व्यक्तिको नाममा गरिदिने जनप्रतिनिधि भ्रष्टाचारी ठहर

 |  आइतबार, फागुन २०, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २०, २०८०

काठमाडौं- कास्कीको पोखरा महानगरपालिका–१८ मा पर्ने साराङकोटको सार्वजनिक जग्गा व्यक्तिको नाममा गरिदिने जनप्रतिनिधिसहित ६ जना भ्रष्टाचारी ठहर भएका छन्।

National life

विशेष अदालतका न्यायाधीशहरू टेकनारायण कुँवर, मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको इजलासले तत्कालीन ग्यारजाती गाविस र परिवर्तित साराङकोट गाविसका जनप्रतिनिधिसहित मतियारसमेतलाई जनही एक लाख ७१ हजार जरिवानाको फैसला गरेको हो। 

साराङकोट गाविसका तत्कालीन अध्यक्षहरू मोदनाथ रेग्मी, झपटबहादुर थापा, वडा नम्बर–७ का तत्कालीन अध्यक्ष मानबहादुर थापा, वडा नम्बर–७ कै तत्कालीन सदस्य एमबहादुर गुरुङ र तत्कालीन उपभोक्ता समितिका तत्कालीन अध्यक्ष भरतबहादुर थापालाई जनही एक लाख ७१ हजार २०० जरिवानाको फैसला भएको छ।

मतियारको भूमिका निर्वाह गरेको ठहर गर्दै सार्वजनिक जग्गा आफ्नो नाममा दर्ता गर्न पहल गरेका दिलबहादुर गुरुङलाई पनि मुख्य प्रतिवादीसरहकै जरिवाना हुने फैसला भएको छ।

सबैलाई जनही एक वर्ष कैद हुनेमा उमेरका आधारमा मोदनाथ, भलपटबहादुर र एमबहादुरलाई ७५ प्रतिशत छुट गरी तीन महिना कैद निर्धारण भएको छ। यस्तै, मानबहादुर र दिलबहादुरलाई ७० प्रतिशत कैद छुट गरी तीनमहिना १८ दिन कैद निर्धारण भएको छ।

kumari

जग्गा आफ्नो नाममा पार्न मतियारको भूमिका ठहर भएका गुरुङलाई भने पूर्ण अर्थात् एक वर्ष कैद निर्धारण भएको छ।

प्रकाशित: Mar 03, 2024| 19:56 आइतबार, फागुन २०, २०८०
प्रतिक्रिया दिनुहोस्