शुक्रबार, भदौ १२, २०८३

चितवन घटनामा जथाभावी बोल्ने पुण्य गौतम र युवराज सफल पक्राउ 

 |  आइतबार, फागुन २०, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २०, २०८०

काठमाडौं- चितवन घटनामा जथाभावी बोल्ने आफूलाई अभियन्ता बताउँदै आएका पुण्य गौतम र युवराज सफललाई प्रहरीले पक्राउ गरेको छ। त्रिवि शिक्षण अस्पतालको पोष्टमार्टम भवनअगाडि प्रदर्शन गर्न पुगेका उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो। 

चितवनकी किशोरी शालिन पोखरेलको मृत्यु प्रकरणमा पोस्टमार्टम रिपोर्ट आएपछि उनीहरू दुवैले शिक्षण अस्पताल पुगेर नाराबाजी गरेका थिए।

उनीहरूले भिडलाई प्रयोग गरेर घटनालाई अतिरञ्जित बनाउन खोजेपछि पक्राउ गरिएको प्रहरीले बताएको छ।

प्रकाशित: Mar 03, 2024| 17:31 आइतबार, फागुन २०, २०८०
प्रतिक्रिया दिनुहोस्