बिहीबार, चैत २६, २०८२

जाजरकोट भूकम्प: रुकुम पश्चिममा ३१ हजारले पाए पहिलो किस्ता

 |  आइतबार, फागुन २०, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २०, २०८०

रुकुमपश्चिम- जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर कात्तिक १७ गते गएको भूकम्पले क्षति पुर्याएको रुकुमपश्चिममा हालसम्म ३० हजार ८३१ लाभग्राहीले पहिलो किस्ताबापतको रकम प्राप्त गरेका छन्। 

National life

अस्थायी आवास निर्माण गर्न जिल्लाका ६ वटै पालिकाका ३० हजार ८३१ लाभग्राहीले पहिलो किस्ताबापत २५ हजार रुपैयाँका दरले रकम प्राप्त गरेका हुन्। 

सबैभन्दा बढी आठबीसकोट नगरपालिकाका नौ हजार ७३२ र सबैभन्दा कम मुसीकोट नगरपालिकामा एक हजार ६६० लाभग्राहीले पहिलो किस्ताबापत रकम प्राप्त गरेको सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालले जानकारी दिए। 

उनका अनुसार सानीभेरी गाउँपालिकामा पाँच हजार ८०४, त्रिवेणी गाउँपालिकामा लाभग्राही कायम भएका तीन हजार ७४७, चौरजहारी नगरपालिकामा ६ हजार २६९ र बाँफीकोट गाउँपालिकामा दुई हजार ६४१ लाभग्राहीले अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता प्राप्त गरेका छन्।

सहायक प्रजिअ बढुवालले ६ वटै स्थानीय तहमा हालसम्म २५ हजारका दरले ७७ करोड १० लाख २५ हजार रकम लाभग्राहीलाई उपलब्ध गराइएको जानकारी दिए। उनका अनुसार जिल्ला विपद् व्यवस्थापन कोषबाट ३१ हजार ९६२ लाभग्राहीका लागि स्थानीय तह विपद् जोखिम न्यूनीकरण कोषमा ७९ करोड ९० लाख ५० हजार पठाएको छ। 

kumari

जिल्लामा हालसम्म २८ हजार ३३४ अस्थायी आवास निर्माण सम्पन्न भएका छन्भने तीन हजार ४४६ निर्माणको चरणमा रहेका सहायक प्रजिअ बढुवालले जानकारी दिए। अब जिल्लामा पहिचान भएका एक हजार १३१ लाभग्राहीले पहिलो किस्ता पाउन बाँकी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। 

प्रकाशित: Mar 03, 2024| 20:31 आइतबार, फागुन २०, २०८०
प्रतिक्रिया दिनुहोस्