ट्रेड युनियन हल, पृथ्बी चोक पोखरामा रिटर्नी सेन्टर नेपाल कास्कीको प्रथम जिल्ला सम्मेलन सम्पन्न भएको छ।
नेकपा ( माओबादी केन्द्र ) कास्की जिल्ला इन्चार्ज राजकाजी गुरुङको प्रमुख आतिथ्यमा भएको सम्मेलनले सूर्यप्रसाद अधिकारीको अध्यक्षता २५ सदस्यीय कमिटी चयन गरेको छ। प्रमुख अतिथि गुरुङले कुनै ब्यबसाय गर्नुअघि अध्ययन, अनुसन्धान गरे सफलता हासिल गर्न सकिन्छ भन्दै रिटर्नी सेन्टर नेपालले उत्पादनमूलक क्षेत्रमा लगानी गरि रोजगारी सिर्जना गर्न गरेको प्रयास सह्रानीय भएको बताए।
त्यस्तै बिशेष अतिथि नेकपा (माओबादी केन्द्र) कास्की जिल्लाका संयोजक केशब पौडेलले नवगठित कमिटीलाई शुभकामना दिँदै पार्टीले रिटर्नी सेन्टर नेपाललाई निरन्तर सहयोग गर्ने बताए।
सम्मेलनमा रिटर्नी सेन्टर नेपाल कास्कीका अध्यक्ष सूर्यप्रसाद अधिकारीले विदेशबाट फर्केका रिटर्नीहरुको श्रम,सीप पूँजी र प्रबिधि प्रयोग गरी सामुहिक लगानीमार्फत कृषि ,पशुपालन तथा अन्य उत्पादनमूलक क्षेत्रमा लगानी गरि रोजगारीको सिर्जना गर्ने बताए। उनले कास्की जिल्लाका रिटर्नीहरु जम्मा गरि सबै पालिकाको सम्मेलन गरि संगठन निर्माणमा तिब्रता दिने बताए।