बिहीबार, चैत २६, २०८२

खुला सीमामा मानव बेचबिखन रोकथामको चुनौती

 |  आइतबार, फागुन २०, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २०, २०८०

बेदकोट- मानव बेचबिखनमा परेका २५ महिला तथा बालबालिकाको भारतबाट उद्धार गरिएको छ। माइती नेपाल कञ्चनपुरले एक वर्षको अवधिमा भारतका विभिन्न ठाउँबाट बेचबिखनमा परेका २५ जनाको उद्धार गरेको हो।

National life

भारतको पुनेबाट छ, मुम्बई र हिमाञ्चलबाट चार/चार, साङ्ग्ली र दिल्लीबाट तीन/तीन, पञ्जाव र पिथौरागढबाट दुई/दुई तथा गुजरातबाट एक गरेर एक वर्षको अवधिमा २५ महिला तथा बालबालिकाको उद्धार गरिएको माइती नेपाल कञ्चनपुर संयोजक महेश्वरी भट्टले जानकारी दिइन्।

उनका अनुसार विभिन्न प्रलोभनमा पारेर खुला सीमाको फाइदा उठाएर दलालले नेपाली चेलीलाई भारत लैजाने गरेका छन्। मानव बेचबिखन रोकथाम तथा नियन्त्रणमा खुला सीमा चुनौती बनिरहेको उनको भनाइ छ।

‘खुला सीमा प्रमुख चुनौतीका रुपमा छ, गरिब, बेरोजगार महिला तथा बालबालिकालाई विभिन्न प्रलोभनमा पारेर दलाल नाका कटाउने गरेका छन्,’ उनले भनिन्, ‘पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोगले पनि दलालको चङ्गुलमा परिरहेका घटना आइरहेका छन्।’

माइती नेपालले नाका निगरानीका साथै उद्धार तथा समुदायस्तरमा जनचेतनामूलक कार्यक्रम आयोजना गरिरहेको उनले जानकारी दिइन्। एक वर्षको अवधिमा बेचबिखनको जोखिममा रहेका एक सय १८ जनालाई सीमा क्षेत्रबाट उद्धार गरिएको छ।

kumari

माइती नेपालले बेचबिखनमा परेका अथवा त्यसको जोखिममा रहेका महिला तथा बालबालिकाको उद्धार गरेर मनोसामाजिक परामर्श प्रदान गर्नुका साथै पारिवारिक पुनर्मिलन गराउने गरेको छ। ‘आफ्नो खुट्टामा उभिनसक्ने बनाउन सीपमूलक तालिम पनि दिने गरेका छौँ, झुठो प्रमाण पेस गरेर पनि कतिपयलाई नाका कटाएको पाइएको छ,’ उनले भने, ‘मानव बेचबिखन जस्तो जघन्य अपराध रोक्न सरोकारवाला सबैले ध्यान दिनुपर्छ।’

माइती नेपालले एक वर्षको अवधिमा एक सय ५२ जनालाई मनोसामाजिक परामर्श प्रदान गरेको छ। एक सय २७ जनाको पारिवारिक पुनर्मिलन गराइएको छ। माइती नेपालमा एक वर्षको अवधिमा खोजतलासका लागि एक सय ७१ निवेदन दर्ता भएका थिए। सोमध्ये ४९ जना भेटिएका छन्।

घरेलु हिंसाका ३२ निवेदन दर्ता भएकामा तीमध्ये १९ निवेदनउपर कारबाही भएको माइती नेपालका संयोजक भट्टले बताइन्। माइती नेपालले एक वर्षको अवधिमा मानव बेचबिखनविरुद्ध तीन मुद्दा प्रहरीमा दर्ता गराएको छ। मानव बेचबिखन रोकथामका लागि सीमावर्ती क्षेत्रमा सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको उनले बताइन्। रासस

प्रकाशित: Mar 03, 2024| 19:01 आइतबार, फागुन २०, २०८०
प्रतिक्रिया दिनुहोस्