बिहीबार, चैत २६, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • भरतपुर भ्रमण वर्षमा आदिवासी जनजाति सांस्कृतिक तथा व्यापारिक महोत्सव हुने

भरतपुर भ्रमण वर्षमा आदिवासी जनजाति सांस्कृतिक तथा व्यापारिक महोत्सव हुने

 |  आइतबार, फागुन २०, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २०, २०८०

चितवन- भरतपुर भ्रमण वर्ष-२०२४ को अवसर पारेर नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् चितवनले नारायणी नदी किनारमा ‘आदिवासी जनजाति सांस्कृतिक तथा व्यापारिक महोत्सव-२०८०’ आयोजना गर्ने भएको छ। 

National life

आदिवासी महासंघ चितवनका अध्यक्ष महेन्द्र दुराले आउँदो चैत ९ देखि १८ गतेसम्म महासंघले पहिलोपटक महोत्सव आयोजना गर्न लागेको जानकारी दिए।

आदिवासी जनजाति समुदायको संस्कृति र जातीय पहिचानलाई जानकारी गराउन महोत्सव आयोजना गर्न लागिएको उनको भनाइ छ। उनले भने, 'वेशभूषा र खानपानसँगै मञ्चमा हुने गतिविधिमार्फत आदिवासी जनजातिलाई केन्द्रमा राखेर काम गर्न खोजेका छौँ। ' 

महासंघका सचिव रामबहादुर भुजेलका अनुसार नारायणी नदी किनारमा हुने महोत्सवमा कम्तीमा दुई सयभन्दा बढी व्यापारिक प्रदर्शनी कक्ष रहनेछ। कम्तीमा दुई लाख दर्शकलाई महोत्सव अवलोकन गराउनेगरी तयारी थालिएको उनले बताए।

चितवनमा थारू, चेपाङ, तामाङ, गुरुङ, मगर, नेवार, कुमाल, दरै, दुरा, थकाली, ह्योल्मो, राई, लिम्बू, भुजेलसहित १७  आदिवासी जनजाति समुदाय बसोबास गर्दछन्। ती सबैलाई एकै ठाउँमा समेटिने गरी महोत्सव आयोजना गर्न लागेको महासंघका सचिव भुजेलले जानकारी दिए।

kumari

'महोत्सवमा चितवनका आदिवासी जनजाति सम्बद्ध सबै संघसंस्थाको प्रतिनिधित्व हुने छ', उनले भने, 'सबै जातजातिले आ-आफ्नो वेशभूषा तथा संस्कृतिलाई प्रदर्शन गर्न पाउनेछन्।'

यसबाहेक जिल्लामा उत्पादन भएका वस्तुको बजारीकरणमा समेत टेवा पुग्नेगरी महोत्सव आयोजना गर्न लागेको उनले बताए।

'स्थानीय उत्पादनको प्रवर्द्धन तथा बिक्रीवितरण, कृषि, जडीबुटी तथा खनिजजन्य उत्पादनको प्रदर्शन र बिक्रीवितरण गरिने छ', उनले भने।

भरतपुर भ्रमण वर्ष २०२४ को अवसरमा हुन गइरहेको यस महोत्सवको संरक्षक भरतपुर महानगरपालिका रहेको छ। रासस

प्रकाशित: Mar 03, 2024| 17:31 आइतबार, फागुन २०, २०८०
प्रतिक्रिया दिनुहोस्