शुक्रबार, भदौ १२, २०८३

देशैभर मौसम बदली, काठमाडौंसहित धेरै ठाउँमा वर्षा

 |  आइतबार, फागुन २०, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २०, २०८०

आज देशैभर मौसम बदली भएको छ भने केही ठाउँमा बिहानैदेखि हल्का वर्षा भएको छ।

कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थान र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षा भएको छ। आज काठमाडौं उपत्यकामा पनि छिटफुट वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। केही ठाउँमा बिहान सिमसिम पानी परेको छ।

दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती प्रदेशसहित कोशी प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा र बाँकी भू-भागको थोरै स्थानहरूमा छिटफुटदेखि हल्का वर्षाको सम्भावना छ।

देशका उच्च पहाडी तथा हिमाली भू-भागमा भने धेरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाको अनुमान छ। पश्चिम नेपालका हिमाली र उच्च पहाडी क्षेत्रमा भने शनिबारदेखि नै वर्षा र हिमपात भइरहेको छ ।

सोमबार पनि देशका केही ठाउँमा हल्का वर्षा र हिमपात हुने र मंगलबार हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रकाशित: Mar 03, 2024| 07:14 आइतबार, फागुन २०, २०८०
प्रतिक्रिया दिनुहोस्