शुक्रबार, भदौ १२, २०८३

एक महिनामा ९७ हजार पर्यटक भित्रिए

 |  शनिबार, फागुन १९, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, फागुन १९, २०८०

काठमाडौं- पर्यटक आगमनको याम सुरु भएसँगै विदेशी पर्यटक आउनेक्रम बढेको छ। नेपाल पर्यटन बोर्डका अनुसार फेब्रुवरीमा विभिन्न देशबाट हवाई मार्ग हुँदै ९७ हजार चार सय २६ पर्यटक नेपाल भित्रिएका हुन्।

गत जनवरीमा ७९ हजार एक सय पर्यटक भित्रिएका थिए। विशेषगरी मार्च, अप्रिल र मेमा पर्यटक पदयात्रा तथा पर्वतारोहणका लागि नेपाल भ्रमणमा आउने गरेका छन्। 

यसपटक नेपाल भ्रमणमा आउनेमध्ये सबैभन्दा धेरै भारतबाट २५ हजार पाँच सय ७८ पर्यटक रहेका छन्। चीनबाट नौ हजार एक सय ८०, अमेरिकाबाट नौ हजार, थाइल्यान्डबाट चार हजार सात सय ९९, बेलायतबाट चार हजार पाँच सय ७१, बङ्गलादेशबाट चार हजार ९९,  श्रीलङ्काबाट तीन हजार ६ सय ८४ जना नेपाल आएका हुन्। 

प्रकाशित: Mar 02, 2024| 09:31 शनिबार, फागुन १९, २०८०
प्रतिक्रिया दिनुहोस्