शनिबार, साउन १२, २०८१
  • गृहपृष्ठ
  • समाचार
  • छात्रावासमा बालिका मृत्यु प्रकरण : स्कुलका प्रधानाध्यापकसहित तीन जना पक्राउ

छात्रावासमा बालिका मृत्यु प्रकरण : स्कुलका प्रधानाध्यापकसहित तीन जना पक्राउ

 |  शुक्रबार, फागुन १८, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन १८, २०८०

काठमाडौं- चितवनको छात्रावासमा एक जना बालिकाको मृत्यु भएपछि प्रधानाध्यापकसहित तीन जना पक्राउ परेका छन्।

triton college

गत शनिबार बिहान रत्ननगर नगरपालिका-१५ माधवपुर घर भई वडा १० एकता शिशु निकेतन बोर्डिङ स्कुलको होस्टलमा बस्ने १४ वर्षीया सालिन पोख्रेलको मृत्यु भएको थियो।

उक्त घटनामा विद्यालयका प्रधानाध्यापक, सहायक प्रधानाध्यापक र वार्डेनलाई ज्यानसम्बन्धी कसुरमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

प्रहरीले वडा नम्बर १० का ६० वर्षीय बालहरि देवकोटा, ४० वर्षका किरणबहादुर अधिकारी र ४८ वर्षीय कमल शर्मा पौडेललाई मंगलबार पक्राउ गरेको थियो। बालहरि उक्त स्कुलका प्रधानाध्यापक, किरणबहादुर सहप्रधानाध्यापक र कमल होस्टेलका वार्डेन हुन्।

सालिनको मृत्युपछि उनका बुबासहित परिवारजनले किटानी जाहेरी दिएका थिए।

Metro Mart
vianet

प्रकाशित: Mar 01, 2024| 19:57 शुक्रबार, फागुन १८, २०८०
प्रतिक्रिया दिनुहोस्