बिहीबार, चैत २६, २०८२

झापासम्म पुग्छ डोटीको उन्नत मकैको बीउ

 |  शुक्रबार, फागुन १८, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन १८, २०८०

डोटी- डोटीको जोरायल गाउँपालिका-४ स्थित लक्ष्मी सरस्वती बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले ६९ टन उन्नत जातको मकैको बीउ बिक्री गर्ने भएको छ।

National life

सहकारीले किसानबाट संकलन गरी ६९ हजार छ सय ८८ किलो मकैको बीउ बिक्री गर्ने भएको छ। सहकारीले मङ्सिरदेखि किसानबाट मकै संकलन गर्न सुरु गरी चैतसम्म प्रमाणीकरणसहित ‘प्याकिङ’ गरेर पुनः बीउ किसानसम्म पुर्याउने गरेको छ।

यस वर्षको अहिलेसम्म १४ हजार एक सय ७० किलो मकैको बीउ बिक्री भइसकेको सहकारीका व्यवस्थापक ठक्करबहादुर कठायतले बताए। ५५ हजार ५ सय १८ किलो मकैबीउ बिक्रीका लागि तयारी अवस्थामा छ।

सहकारीले प्रतिकेजी ८० रुपैयाँका दरले बीउ बिक्री गर्छ। सहकारीले अरुण-२, अरुण-४, मनकामना-३, पोषिलो, रामपुर, कम्पोजिटलगायतका विभिन्न उन्नत जातका बीउ बिक्री गर्दै आइरहेको छ। 

सहकारीले विभिन्न एग्रोभेटमार्फत बीउ आपूर्ति गर्दै आएको छ। डोटीको जोरायलमा उत्पादन भएको मकैको बीउ झापा जिल्लासम्मै पुग्ने गरेको सहकारीले जनाएको छ।

kumari

सहकारीले बिक्री गर्ने बीउबाट उत्पादन भएको मकै विशेष गरेर पोलेर खान, कुखुराका लागि दाना बनाउनलगायतका विभिन्न प्रयोजनमा आउने गर्छ। सहकारीले गत वर्ष ५४ लाख ४० हजार बराबरको ६८ टन मकैको बीउ बिक्री गरेको थियो।

प्रकाशित: Mar 01, 2024| 20:01 शुक्रबार, फागुन १८, २०८०
प्रतिक्रिया दिनुहोस्