बिहीबार, चैत २६, २०८२

डीडीसीमा पाउडर दूध र मक्खन थन्किँदा किसानले पैसा पाएनन्

 |  शुक्रबार, फागुन १८, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन १८, २०८०

काठमाडौं- दुग्ध विकास संस्थान (डिडिसी) मा ठूलो परिमाणमा पाउडर दुध र मख्खन थन्किँदा किसानलाई रकम भुक्तानीमा समस्या देखिएको छ।

National life

डिडिसीले दैनिक रुपमा विभिन्न जिल्लाका कृषकमार्फत एक लाख ४० हजार लिटर दुध खरिद गर्दै आएपनि बजारमा दैनिक ९० हजार लिटरमात्र बिक्री हुँदा समस्या देखिएको हो। संस्थानका उपमहाप्रवन्धक एवम् सूचना अधिकारी राजेन्द्रप्रसाद अधिकारीले डिडिसीमा ठूलो मात्रामा पाउडर दुध र मख्खन थुप्रिएर बस्दा समस्या देखिएको बताए।

‘हामीले मासिक ४२ लाख लिटर दुध विभिन्न किसानमार्फत खरिद गछौँ तर बजारमा बिक्री २७ लाख लिटर हाराहारीमा मात्र हुन्छ, प्रत्येक महिना १५ लाख लिटर बराबरको पाउडर थुप्रिँदा समस्या भएको हो,’ उनले भने।

दैनिक ५० हजार लिटर दुधको मख्खन र पाउडर दुध बनाएर भण्डारण गर्दै आइरहेको उनको भनाइ छ। डिडिसीले गर्मी बढेपछि दहीको बिक्रीवितरण बढ्ने अपेक्षा लिएको छ।

डिडिसीमा हाल रु सवा एक अर्ब बराबरको पाउडर दुध र मख्खन मौज्दात रहेको उपमहाप्रबन्धक अधिकारीले जानकारी दिए। उनका अनुसार हाल संस्थानमा नौ लाख किलो पाउडर दुध र सात लाख किलो मख्खन मौज्दात रहेको छ।

kumari

संस्थानले हाल विभिन्न ४३ जिल्लामा उत्पादन भएको दुध आफ्नै चिस्यान केन्द्र र विभिन्न सहकारीमार्फत खरिद गर्दै आम उपभोक्तामाझ पु-याउँदै आएको छ। दुग्ध विकास संस्थान मातहतमात्र हाल देशभर ६४ चिस्यान केन्द्र छन्।

डिडिसीले हाल गुणस्तरका आधारमा चारण् प्रतिशत घृताशं (फ्याट) र आठ प्रतिशत ‘एसएनएफ’ रहेको दुधको न्यूनतम ६७ देखि अधिकतम ७२ शुल्कमा खरिद गर्ने गरेको छ। संस्थानले यसरी खरिद गरिएको दुध न्यूनतम प्रतिलिटर रु ८४ देखि अधिकतम रु एक सय २४ सम्म बिक्री गर्दै आएको छ

डिडिसीले दही प्रतिलिटर रु एक सय ५० र घिउ वितरकलाई प्रतिकिलो रु एक हजार ८० मा बिक्री गर्दै आएको छ।

प्रकाशित: Mar 01, 2024| 21:01 शुक्रबार, फागुन १८, २०८०
प्रतिक्रिया दिनुहोस्