बिहीबार, जेठ २९, २०८२

आगलागी हुँदा बर्दियामा एक जनाको मृत्यु

 |  शुक्रबार, फागुन १८, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन १८, २०८०

vianetvianet
National life insurance

बर्दिया- ठाकुरबाबा नगरपालिका–४ मैनवारमा गए राति गोठमा आगलागी हुँदा एक जनाको ज्यान गएको छ। आगलागी भएपछि गोठमा भएका पशु चौपाया निकाल्ने क्रममा ५८ वर्षीय लक्ष्मीराज जैसीको आगोमा जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय भुरीगाउँले जनाएको छ।

गोठमा भएको आगलागी नियन्त्रण गर्ने क्रममा राति ११ बजेतिर जैसीको शव पूर्णरूपमा जलेको अवस्थामा फेला परेको प्रहरी जनाएको छ। उनको शव परीक्षणका लागि बर्दिया अस्पताल गुलरिया पठाइएको प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित: Mar 01, 2024| 12:44 शुक्रबार, फागुन १८, २०८०
प्रतिक्रिया दिनुहोस्