बिहीबार, चैत २६, २०८२

रिटर्नी सेन्टर नेपाल लमजुङको अध्यक्षमा मिनबहादुर तामाङ

 |  बिहीबार, फागुन १७, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १७, २०८०

रिटर्नी सेन्टर नेपाल लमजुङको प्रथम लमजुङ जिल्ला सम्मेलन सम्पन्न भएको छ। नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेश सभा सदस्य हरिजंग तामाङको प्रमुख आतिथ्यतामा मिन बहादुर तामाङको अध्यक्षतामा कमिटि चयन भएको छ।

National life

प्रमुख अतिथि तामाङले विदेशबाट फर्केका रिटर्नीहरुले बेरोजगारी हटाई रोजगारीको सृजना गर्नको लागि खोलिएको रिटर्नी सेन्टर नेपाललाई पार्टीले पूर्ण रुपले सहयोग गर्ने बताए। विशेष अतिथि बासुदेब थापाले रिटर्नी सेन्टर नेपालले आफ्नै देशका युवाहरुलाई रोजगारी सिर्जना गर्नको लागि गर्न खोजेको प्रयास राम्रो भएको बताए। उनले रिटर्नीहरुले कृषि, पशुपालन र उद्योगमा लगानी गर्नुपर्नेमा जोड दिए।

सम्मेलनमा अध्यक्ष मिनबहादुर तामाङले विदेशबाट फर्केका साथीहरुको श्रम, सीप, पुँजी र प्रबिधि प्रयोग गरी देशमै रोजगारी सृजना गर्ने बताए। उनले हरेक पालिका भेला गरी संगठन बलियो बनाएर छिटै नै जिल्ला सम्मेलन गर्ने बताए। सम्मेलनमा पालिका, जिल्ला तथा प्रदेशका पदाधिकारीहरुको पनि उपस्थिति थियो।

यी हुन् पदाधिकारी
अध्यक्ष - मिनबहादुर तामाङ
उपाध्यक्ष - बुद्धि घले 
सचिव - कृष्ण बराल
उपसचिव - ध्रुब अधिकारी
कोषाध्यक्ष - मिनबहादुर हिमाली 
सदस्य -  प्रमोद बोहोरा 
सदस्य - गंगा बहादुर हिमाली 
सदस्य - मन बाहादुर मक्षकोटी

प्रकाशित: Feb 29, 2024| 20:10 बिहीबार, फागुन १७, २०८०
प्रतिक्रिया दिनुहोस्