बिहीबार, चैत २६, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • पर्यटन प्रवर्द्धनका लागि 'मुन्दुम ट्रेल भ्रमण वर्ष' आयोजना हुँदै

पर्यटन प्रवर्द्धनका लागि 'मुन्दुम ट्रेल भ्रमण वर्ष' आयोजना हुँदै

 |  बिहीबार, फागुन १७, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १७, २०८०

भोजपुर- सरकारको एक सय पर्यटकीय गन्तव्यमा समावेश मुन्दुम ट्रेललाई चिनाउँदै आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनका लागि तयारी थालिएको छ। पर्यटकीय क्षेत्र भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले आफ्नो पालिकामा पर्यटन प्रवर्द्धनका लागि विभिन्न कार्यक्रम गर्ने योजना तयार गरेको हो।

National life

मुन्दुम ट्रेलको बढी भाग यसै गाउँपालिकामा पर्ने भएकाले पर्यटन प्रवर्द्धनका लागि तयारी थालिएको पालिकाका अध्यक्ष सरोज बस्नेतले बताए। उनले भने, 'प्रचुर पर्यटकीय सम्भावना भएको गाउँपालिकामा पर्यटन विकास र प्रवर्द्धनका कार्यक्रमलाई प्राथमिकतामा राखेर काम गरिरहेका छौँ।'

अध्यक्ष बस्नेतका अनुसार पालिकाले सन् २०२५ लाई मुन्दुम ट्रेल भ्रमण वर्षका रूपमा मनाउन आन्तरिक छलफल तथा तयारी सुरु गरेको छ। पालिकाले नजिक रहेका अन्य पालिका तथा सरोकारवाला निकायसँग पनि छलफल गरिरहेको उनले जाकारी दिए। सो छलफलबाट आगामी वर्षलाई भ्रमण वर्षका रूपमा मनाउने निर्णयसहित तयारी थालिएको गाउँपालिकाले जनाएको छ।

मुन्दुम ट्रेलसँग जोडिएको स्थानीय तहहरू खोटाङको साकेला, रुपाकोट र केपिलासगढी गाउँपालिका, भोजपुरको साल्पासिलिछो गाउँपालिका, भोजपुर नगरपालिका, षडानन्द नगरपालिकासँगको समन्वयमा गाउँपालिकाले एक लाख पर्यटक भित्र्याउने योजनासहित सन् २०२५ लाई भ्रमण वर्षका रूपमा मनाउन लागेको पालिका अध्यक्ष बस्नेतले बताए।

छलफलमा टेम्केमैयुङ गाउँपालिका अध्यक्ष बस्नेत, उपाध्यक्ष रमा राई, साकेला गाउँपालिकामा उपाध्यक्ष बिर्शिका राई, आमचोक गाउँपालिका अध्यक्ष अशोक राई, दीपक राई, भोजपुर नगरपालिकाका प्रमुखका स्वकीयसचिव मनोज खनाल, केपिलासगढीका मुन्दुम ट्रेल क्षेत्रका वडाध्यक्षलगायत सरोकारवाला निकायका प्रतिनिधिको उपस्थितिमा भ्रमण वर्ष मनाउने निर्णय भएको छ। 

kumari

उक्त भ्रमण वर्षलाई सफल बनाउन गाउँपालिका र नगरपालिकाको सहभागितामा मूल व्यवस्थापन समितिसमेत गठन गरिएको छ। त्यस्तै ट्रेलको पूर्वाधार निर्माणका लागि प्रदेश र केन्द्र सरकारलाई संयुक्त प्रस्ताव पेस गर्ने निर्णय गरिएको सहभागी भोजपुर नगरपालिकाका प्रमुखका स्वकीय सचिव मनोज खनालले बताए।

मध्यपहाडी लोकमार्गले समेत छोएको यो गाउँपालिका पर्यटकीय हिसाबले अत्यन्तै सुन्दर र सम्भावना बोकेको स्थान हो। गाउँ क्षेत्रबाट पश्चिमतर्फ रहेको टेम्केडाँडा, सेल्मेडाँडा, पश्चिम उत्तरतर्फ रहेको चखेवाडाँडालगायत मलुवापोखरी, हाँसपोखरी, मैयुङडाँडा, महभिर झरना, साँवा झरना, पञ्ची झरना, तावा भञ्ज्याङलगायत स्थानलाई यहाँको पर्यटकीय गन्तव्यका रुपमा लिइन्छ। 

प्रकाशित: Feb 29, 2024| 21:01 बिहीबार, फागुन १७, २०८०
प्रतिक्रिया दिनुहोस्