सोमबार, वैशाख १०, २०८१
  • गृहपृष्ठ
  • समाचार
  • पाकिस्तानको जीडीपीभन्दा बढी सम्पत्ति टाटाको, कसरी फैलियो साम्राज्य ?

पाकिस्तानको जीडीपीभन्दा बढी सम्पत्ति टाटाको, कसरी फैलियो साम्राज्य ?

 |  सोमबार, फागुन १४, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १४, २०८०

भारतीय व्यापारिक घराना टाटा ग्रुप अफ कम्पनीको कुल सम्पत्ति ३ खर्ब ६५ अर्ब अमेरिकी डलर पुगेको छ। टाटा भारतको सबैभन्दा बलियो कम्पनी हो। चाखलाग्दो कुरा त के छ भने यसको सम्पत्ति पाकिस्तानको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) भन्दा पनि बढी छ।

triton college

चियादेखि ज्यागुअर, ल्यान्डरोभर कारसम्म, नुनदेखि विमान कम्पनीसम्म र होटलदेखि रियल स्टेटसम्मका विभिन्न क्षेत्रमा टाटाको प्रभाव देखिन्छ। यस वर्ष फेब्रुअरीमा टाटा समूहको बजार पुँजीकरण करिब ३ खर्ब ६५ अर्ब डलर थियो, जबकि हालै अन्तर्राष्ट्रिय मुद्रा कोषले पाकिस्तानको जीडीपी करिब ३ खर्ब ४१ अर्ब डलर हुने अनुमान गरेको छ। टाटा कन्सल्टेन्सी सर्भिसको मात्रै सम्पत्ति पाकिस्तानको अर्थतन्त्रको झन्डै आधा हो।

टाटालाई यहाँसम्म आइपुग्न १ सय ५० वर्षभन्दा बढी समय लाग्यो। धेरै क्षेत्रमा यो भारतको पहिलो कम्पनी भएको छ। ८ फेब्रुअरी, १९११ मा लोनावाला बाँध शिलान्यास गर्दा टाटा समूहका प्रमुख सर दोराबजी टाटाले सन् १८६८ मा यस कम्पनीको जग बसाल्ने आफ्ना पिता जमशेदजी टाटाको सोचको बारेमा कुरा गरेका थिए। यो अब १० भर्टिकल्ससँगै ३० कम्पनीहरूको एक समूह हो। यसले ६ महादेशका १ सयभन्दा बढी देशमा आफ्नो सेवा प्रदान गर्दै आएको छ।

दोराबजी टाटाले भनेका थिए, ‘मेरा बुबाका लागि धन कमाउनु एउटा सोचाइ थियो। उनले यो देशका जनताको औद्योगिक र वैचारिक अवस्था सुधारलाई प्राथमिकता दिएका छन्। उनले आफ्नो जीवनमा समय–समयमा सुरु गरेका विभिन्न संस्थाहरूको वास्तविक उद्देश्य ती महत्त्वपूर्ण क्षेत्रहरूको विकास थियो।’

कम्पनीको वेबसाइटमा तिनीहरूको मिशनका रूपमा यी कम्पनीहरू विश्वभरिका विभिन्न समुदायको जीवनको गुणस्तर सुधार गर्न स्थापना गरिएको उल्लेख छ। उन्नाइसौं शताब्दीको अन्त्यमा टाटाका संस्थापक जमशेदजी टाटालाई बम्बईको महँगो होटेलमा उनको रङ–रूपका कारण प्रवेश गर्न दिइएको थिएन। यो घटनाले जमशेदजीमा गहिरो प्रभाव पारेको थियो। उनले यो होटलभन्दा राम्रो होटल बनाउने निर्णय गरे जसमा सबै भारतीय नागरिकलाई पनि आउन र जान दिइने छ।

corrent noodles
Metro Mart

जमशेदपुर में टाटा का स्टील प्लांट
सन् १९०३ मा मुम्बईको समुद्री किनारमा ताज होटल स्थापना भएको थियो। यो सहरको पहिलो भवन थियो जसमा बिजुली, अमेरिकी फ्यान र जर्मन लिफ्टजस्ता सुविधा उपलब्ध गराइएको थियो। यसमा अङ्ग्रेज पकाउने काम गर्थे। अहिले अमेरिका र बेलायतसहित नौ देशमा यसका शाखा छन्।

जमशेदजीको जन्म सन् १८३९ मा फारसी परिवारमा भएको थियो। उनका धेरै पुर्खाहरू फारसी धर्मका गुरु थिए। उनले कपास, चिया, तामा, पित्तल र अफिममा धेरै पैसा कमाए, जसको व्यापार त्यतिबेला अवैध थिएन।

उनी एक विश्वयात्री थिए र नयाँ आविष्कारबाट धेरै प्रभावित हुन्थे। बेलायत भ्रमण क्रममा ल्यांकशायरमा कपास मिलहरू देखेपछि उनले महसुस गरे कि भारतले आफ्नो औपनिवेशिक मालिकसँग प्रतिस्पर्धा गर्न सक्छ।

सन् १८७७ मा जमशेदजीले महारानी मिलको नामबाट देशको पहिलो कपडा मिल खोलेका थिए। महारानी भिक्टोरियालाई भारतको महारानीको रूपमा राज्याभिषेक भएको दिनमा महारानी मिलको उद्घाटन भएको थियो।

जमशेदजीको भारतको विकासको दृष्टिकोण स्वदेशी शब्दबाट बुझ्न सकिन्छ, जुन उन्नाइसौं शताब्दीको प्रारम्भमा भारतको स्वतन्त्रता आन्दोलनको एक महत्वपूर्ण हिस्सा थियो। उनले भनेका थिए, ‘समुदायको विकासका लागि सबैभन्दा कमजोर र असहाय व्यक्तिलाई सहयोग गर्नुको सट्टा सबैभन्दा सक्षम र प्रतिभाशाली व्यक्तिहरूले आफ्नो देशको सेवा गर्न सकोस् भनेर सहयोग गर्नु आवश्यक छ।’

उनको सबैभन्दा ठूलो सपना स्टील फ्याक्ट्री बनाउने थियो, तर यो सपना साकार हुन नपाउँदै उनको निधन भयो। त्यसपछि उनका छोरा दोराबजीले उनको मृत्युपछि बुबाको सपना पूरा गरे र टाटा स्टीलले १९०७ मा उत्पादन सुरु गर्‍यो। यसरी भारत एसियाको पहिलो देश बन्यो, जहाँ स्टिल कारखाना निर्माण भयो।

यस कारखानाको नजिकै एउटा सहर स्थापना भएको थियो जसको नाम जमशेदपुर थियो। आज यो भारतको स्टील सिटी भनेर चिनिन्छ। जमशेदले आफ्नो छोरा दोराबलाई पत्र लेखेर औद्योगिक सहर स्थापना गर्न आग्रह गरेका थिए। उनले लेखेका थिए, ‘यो सहरका सडक चौडा हुनुपर्छ। रुख, खेल मैदान, पार्क र धार्मिक स्थलहरूका लागि पनि ठाउँ हुनुपर्छ।’

टाटा आफैंले आफ्ना कर्मचारीहरूको कल्याणका लागि कुनै पनि कानुनी प्रतिबन्ध बिना नै १८७७ मा निवृत्तिभरण, १९१२ मा आठ घण्टा काम गर्ने समय र १९२१ मा आमा बन्ने महिलाहरूलाई छुटसहितका नीतिहरू बनाए।

टाटा परिवारका अर्का सदस्य जहाँगीर टाटा १९३८ मा ३४ वर्षको उमेरमा कम्पनीको अध्यक्ष बने र करिब आधा शताब्दीसम्म यस पदमा रहे। उनी उद्योगपति बन्नुभन्दा पाइलट बन्नमा बढी चासो राख्थे, जुन इच्छा उनले लुइस ब्लेराइटलाई भेटेपछि जन्मेको थियो। जो अंग्रेजी च्यानलमा उडान गर्ने पहिलो पाइलट थिए।

जेआरडी बम्बे फ्लाइङ क्लबबाट भारतमा पाइलट प्रशिक्षण लिने पहिलो व्यक्ति थिए। उनको एयर लाइसेन्समा नम्बर १ थियो, जसमा उनी धेरै गर्व गर्थे। उनले भारतको पहिलो हवाई मेल सेवा सुरु गरे। त्यो उडानले प्रायजसो मेलसँगै यात्रुहरू बोक्थ्यो। पछि यो हुलाक सेवा भारतको पहिलो एयरलाइन्स ‘टाटा एयरलाइन्स’ बन्यो, जसको नाम केही समय पछि ‘एयर इन्डिया’ राखियो।

रतन टाटा
पछि ‘एयर इन्डिया सरकारले आफ्नो स्वामित्वमा लिएको थियो, तर फेरि टाटाले त्यो कम्पनी सरकारबाट किनेको छ। एयर इन्डिया फिर्ता लिएपछि टाटा सन्ससँग अब तीनवटा एयरलाइन्स छन्। एयर इन्डिया बाहेक ‘एयर भिस्टारा’ छ जसमा तिनीहरूको सिंगापुर एयरलाइन्ससँग साझेदारी छ। उनको अर्को कम्पनी ‘एयर एशिया’ हो जसको मलेसियासँग साझेदारी छ।

यसअघि भारत सरकारले टाटा समूहका प्रमुख जेआरडी टाटालाई एयर इन्डियाको अध्यक्ष बनाएको थियो र उनी सन् १९७८ सम्म यो पदमा रहे। त्यसपछि भारत सरकारका अधिकारीहरूले त्यो पद कब्जा गर्न थाले।

सन् १९६८ मा उनले आफ्नो परिवारको परम्परालाई निरन्तरता दिए र त्यसबेला विकसित देशहरूमा मात्र पाइने व्यवसाय सुरु गरे। यो व्यवसाय कम्प्युटरसँग सम्बन्धित थियो।

एयर इंडिया
‘टाटा कन्सल्टेन्सी सर्भिसेज’ वा टीसीएस नामको यो कम्पनीले विश्वभरि सफ्टवेयर आपूर्ति गर्छ। हाल यो टाटा समूहको सबैभन्दा नाफा कमाउने कम्पनी हो। १९९१ मा उनका एक टाढाका नातेदार, रतन टाटाले कम्पनीको लगाम लिए र उनको नेतृत्वमा टाटाले संसारभरि आफ्नो व्यापार विस्तार गर्यो। टाटाले टेटली टी, एआईजी इन्स्योरेन्स कम्पनी, बोस्टनमा रिट्ज कार्लटन, देवुको हेभी भेइकल म्यानुफ्याक्चरिङ युनिट र कोरस स्टिल युरोप जस्ता कम्पनीहरू किनेका थिए।

टाटा सन्स टाटा कम्पनीहरूको मूल लगानी होल्डिङ कम्पनी र प्रवर्द्धक हो। टाटा सन्सको ६६ प्रतिशत इक्विटी सेयर पुँजी शिक्षा, स्वास्थ्य, रोजगारी सिर्जना र कला र संस्कृतिका क्षेत्रमा सहयोग गर्ने समाजसेवीहरूको स्वामित्वमा छ।

टाटा कम्पनीले हालसम्म कम्पनीको सम्पत्तिको तथ्यांक सार्वजनिक नगरे पनि जुलाई ३१, २०२३ सम्म आफ्नो सम्पत्ति ३ खबृ डलर रहेको घोषणा गरेको थियो र कम्पनीमा विश्वभरि १० लाखभन्दा बढी कर्मचारी काम गर्ने बताएको थियो।

कम्पनीका अनुसार टाटा कम्पनी वा इन्टरप्राइजले आफ्नो सञ्चालक समितिको नेतृत्व र सुपरीवेक्षणमा स्वतन्त्र रूपमा सञ्चालन गरिरहेको छ। टाटाको अभूतपूर्व सफलताबारे आर्थिक विज्ञ शंकर अय्यरले भने, ‘अम्बानी वा अडानीको नाम आउँछ किनभने तिनीहरूका कम्पनीहरू व्यक्ति हुन्, जबकि टाटा विभिन्न कम्पनीहरूको समूह हो र एक ट्रस्टअन्तर्गत सञ्चालित छ। त्यसैले यो त्यसरी चर्चा हुँदैन।’

उर्जा क्षेत्रको कम्पनी जीई इन्डियामा अल्स्टम इन्डियाका पूर्वप्रबन्ध निर्देशक र हाल ह्योसुङ इन्डिया लिमिटेडका प्रबन्ध निर्देशक नागेश तलवानीले भने– टाटाको वृद्धिको मुख्य कारण भनेको नैतिक, निष्पक्ष र पारदर्शी प्रणाली हो जसले कर्मचारीहरूसँग बलियो सम्बन्ध सिर्जना गर्छ।

बीबीसी हिन्दीबाट

प्रकाशित: Feb 26, 2024| 14:25 सोमबार, फागुन १४, २०८०
प्रतिक्रिया दिनुहोस्