सोमबार, वैशाख १४, २०८३

जुम्लाका १० हजार बालबालिकालाई दादुरा-रुबेलाविरुद्धको खोप दिइने

 |  आइतबार, फागुन १३, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १३, २०८०

जुम्ला- जुम्लाका करिब १० हजार बालबालिकालाई दादुरा-रुबेलाविरुद्धको खोप लगाइने भएको छ।

National life

यहाँको एक नगरपालिकासहित सात गाउँपालिका गरी आठवटै स्थानीय तहमा १५ महिनादेखि पाँच वर्षमुनिका १० हजार सात जना बालबालिकालाई दादुरा-रुबेलाविरुद्धको खोप लगाइने जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ।

आइतबारदेखि खोप दिइने कार्यक्रम रहेको कार्यालयका प्रमुख कृष्ण सापकोटाले जानकारी दिए। उनका अनुसार जिल्लामा दुई चरणमा खोप अभियान सञ्चालन गरिने छ। 

अभियानका लागि ९५ जना स्वास्थ्य क्षेत्रका जनशक्ति परिचालन हुने सापकोटाले बताए। जिल्लाभर एक सय ६० खोप केन्द्र निर्धारण गरिएको उनले जानकारी दिए।

पहिलो चरण अन्तर्गत चन्दननाथ नगरपालिका, गुठिचौर, पातारासी र तातोपानी गाउँपालिकामा फागुन १३ देखि १८ गतेसम्म तथा दोस्रो चरणमा तिला, हिमा, सिङ्जा र कनकासुन्दरी गाउँपालिकामा फागुन १९ गतेदेखि फागुन अन्तिमसम्म खोप अभियान सञ्चालन हुने जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी प्रेम सुमाईले जानकारी दिए।  

kumari

प्रकाशित: Feb 25, 2024| 08:15 आइतबार, फागुन १३, २०८०
प्रतिक्रिया दिनुहोस्