मंगलबार, जेठ १९, २०८३

बागमती प्रदेशको हिउँदे अधिवेशन आगामी साता

 |  मंगलबार, फागुन ८, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ८, २०८०
National life
Shivam cement

मकवानपुर- बागमती प्रदेशको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको हिउँदे अधिवेशन यही फागुन १५ गते अपराह्न ३ बजे आह्वान गर्ने निर्णय गरेको छ।

मन्त्रिपरिषद् बैठकले हिउँदे अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष सिफारिस गर्ने निर्णय गरेको आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामाले बताए। 

प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको अध्यक्षतामा आज भएको बैठकले प्रदेश शिक्षा नीति, विपन्न दलित सशक्तीकरणसम्बन्धी कार्यविधि र  प्रदेश स्वयम्सेवक परिचालन कार्यविधिलाई स्वीकृति दिने निर्णय गरेको मन्त्री लामाले जानकारी दिए। प्रदेशका समस्याग्रस्त सहकारीका समस्या अध्ययन गर्न १६ जना कर्मचारी दरबन्दी स्वीकृत गरिएको मन्त्री लामाले बताए।

प्रकाशित: Feb 20, 2024| 21:15 मंगलबार, फागुन ८, २०८०
प्रतिक्रिया दिनुहोस्