पोखरा- पोखरा हेम्जाकी प्रकृति गायक १२ वर्षकी भइन्। ६ कक्षामा पढ्दै गरेकी प्रकृति गन्धर्व सारङ्गी संरक्षण पाठशालामा सारङ्गी बजाउन सिकिरहेकी छन्।
उनी शुक्रवार पोखरा फेवा ता किनारमा चलिरहेका सूर्य नेपाल गाथा नेपाल लिटरेचर फेस्टिभलको ‘कथा भन्ने सारङ्गी’ सत्रमा उनी सारंगी वादक तथा गायक चित्रबहादुर गन्धर्व र हरिबहादुर गन्धर्वसँगै स्टेजमा उभिएकी थिइन्। चित्रबहादुर र हरिबहादुरले सारङ्गीमार्फत दुलही रुवाउने धुन, स्वस्थानी गाथा लगायतका गीत गाएका थिए। भने प्रकृतिले सारङ्गीमार्फत राष्ट्रिय गान र रेसम फिरिरि गीत गाएकी थिइन्।
प्रकृतिले उक्त कार्यक्रममार्फत आफूले सारङ्गीलाई देशको मुख्य बाजा बनाउने हो भन्ने कुरा चिनाउन चाहेको बताइन्। किन सारङ्गी बजाउन लाग्नुभयो भन्ने प्रश्नमा प्रकृतिले भनिन्, ‘सारङ्गी बजाएर देशभरि नै हाम्रो मुख्य बाजा हो भन्ने कुरा चिनाउन चाहन्छु।’
चित्रबहादुर गन्धर्वले राष्ट्रिय बाजा भनेकै सारङ्गी, बासुरी र पञ्चेबाजा भएकाले यसलाई लोभ हुनबाट रोक्नुपर्ने बताए। ‘यसको भविष्य नराम्रो बन्दैन हजुर। राम्रै बन्छ। कुनै किसिमको महोत्सवदेखि हरेक ठाउँमा पहिला हाम्रो संस्कृत भनेको बासुरी, सारङ्गी र बादल मात्रै हो। विदेशी बाजा आएर धेरै रमझम मात्र भएको हो। मन अलिकति लोभिएको मात्रै हो,’ उनले भने, ‘यो संस्कृति, हाम्रो राष्ट्रिय बाजा भनेकै सारङ्गी, बसुरी र पञ्चेबाजा। यसलाई लोभ हुन दिन कहिले पनि हुँदैन।’
यसलाई संरक्षण गर्न ठाउँ ठाउँमा प्रशिक्षण गराइएको चित्रबहादुरले सुनाए। ‘लोभ हुन नदिने हामीले ठाउँ ठाउँमा कार्यक्रम गरिराखेको छौँ। ससाना नानीहरू प्रशिक्षण पनि दिइराखेका छौँ,’ उनले भने। हरिबहादुर र चित्रबहादुर लोक गीत गाउँदै नेपालका पश्चिमी भाग डुल्ने गर्छन्।
‘जे थर्टी–थ्री’ को स्नेक प्रिभ्यु
कुमार नगरकोटीले आफूले लेखेको जे थर्टी–थ्री पुस्तकको स्नेक प्रिभ्यु गरेका छन्। उनले उक्त पुस्तकमा समेटिएको पृष्ठभूमि, समावेश विषयवस्तुको बारेमा जानकारी दिएका थिए। गाफिक नोभल एउटा पनि नभएको देखेपछि यो पुस्तकको कन्सेप्ट आएको नगरकोटीले बताए।
‘धेरै वर्ष अगाडि म एउटा ब्रिटिस विद्यार्थीलाई पढाउँथें। उसको नाम टम्प थियो। नेपाली भाषा पढाउँथे। उसले सोध्यो तेरो ग्राफिक नोभल कुन हो त। तेरो देशको ग्राफिक नोभल पढ्छु। अब कुनै छैन। मैले भने मेरो देशमा ग्राफिक नोभल छैन। त्यो भनिरहँदा मलाई सङ्कोच लाग्यो। अब ग्राफिक नोभल नभएपछि त आफै लेख्नुप¥यो। त्यसरी यो पुस्तकको कन्सेप्ट आएको हो,’ उनले भने
७÷८ वर्ष अघिको कन्सेप्ट रहेको उनले बताए। ‘यो लेख्ने कन्सेप्ट चाहिँ ७÷८ वर्ष अघिको हो। जनवरी ३३ जन्मेको पात्र छ। त्यसैले यसको नाम ‘जे थर्टी–थ्री’ रहेको छ,’ उनले भने।