मंगलबार, असार १०, २०८२

इन्डियन आइडलको टप टेनमा पुगेकी मेनुकाले राष्ट्रपतिसँग फोटो खिचाइन्

 |  सोमबार, माघ २९, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, माघ २९, २०८०

vianetvianet

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले इण्डियन आइडलको उत्कृष्ट दशमा पुग्न सफल नेपाली गायिका मेनुका पौडेललाई भेटेका छन्।

राष्ट्रपति पौडेलले आज राष्ट्रपति कार्यालयमा आयोजित एक समारोहमा मेनुकालाई भेटेर बधाइ दिएका हुन्। राष्ट्रपति पौडेलले मेनुकाको परिश्रम र योग्यताले सबै नेपालीको शिर उच्च पारेको बताए। उनले निरन्तरको अभ्यासबाट मानिसलाई सफलता प्राप्त हुने बताए।

गायिका पौडेल यतिबेला काठमाडौंमा छिन्। इण्डियन आइडलको अन्तिम १० बाट उनी गत साता बाहिरिएकी थिइन्। उक्त भारतीय रियालिटी शोले मेनुकालाई चर्चा दिलाएको छ।

मेनुकाले बलिउड फिल्ममा गीत गाउने भएकी छन्। उनले अभिनेता सञ्जय मिश्राको फिल्म 'कर्मा मिट्स किस्मत' गीत गाउने छिन्। गीताञ्जली सिन्हाको निर्देशन रहेको फिल्ममा मेनुकासँगै बलिउड गायक सोनू निगम र साधना सरगमले पनि गीत गाउनेछन्।

मेनुकाको आवाजमा इमानदारी र पवित्रता भएकोले उनलाई आफ्नो फिल्ममा गीत गाउन लगाइएको गीताञ्जलीले बताएकी छन्। भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार मेनुकालाई फिल्ममा गीत गाउन पाउँदा भाग्यमानी ठानेकी छन्। उनलाई गीत रेकर्ड गर्ने क्रममा उर्जा र उत्साहित बनाएको बताइन्। 

फिल्ममा संजयसँगै फरीदा जलाल, अलका अमीन, अम्मान खान, वैष्णवी म्याडडोनाल्डलगायत कलाकारको अभिनय रहनेछ। केही समयअघि उनले प्रभास अभिनीत फिल्म 'सलार' मा 'सुरज हि छाओँ बन्के' बोलको गीत गाएकी थिइन्। 

प्रकाशित: Feb 12, 2024| 21:00 सोमबार, माघ २९, २०८०
प्रतिक्रिया दिनुहोस्