मंगलबार, भदौ ३१, २०८२

आयोडिनयुक्त नुनको फाइदा बुझेपछि...

 |  शुक्रबार, माघ १२, २०८०
machha bankmachha bank

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १२, २०८०

vianetvianet

वीरगञ्ज- विगत केही वर्षअघिसम्म भारतीय नुनको उपभोग गर्दै आएका पर्साको भारतीय सीमावर्ती क्षेत्रका स्थानीय आयोडिनयुक्त नुनप्रति आकर्षित हुन थालेका छन्।

Kumaribank

आयोडिनयुक्त नुनको महत्व र फाइदाबारे प्रचारप्रसार,  स्थानीय प्रशासनले भारतीय नुन आयातमा कडाइ र आयो नुनको सहज आपूर्तिसँगै सीमावर्ती क्षेत्रका स्थानीयले दुई बालबालिकाको चिह्न भएको आयोडिनयुक्त नुन प्रयोग गर्न थालेका हुन्।

आयोडिनयुक्त नुनको फाइदाबारे बुझेपछि भारतीय ढिके नुन खान छाडेर आयोडिनयुक्त नुन उपभोग गर्न थालेका छौँ, पर्साको छिपहरमाई गाउँपालिकाको भिस्वाका जमालुदिन मियाँले भने, ‘आयो नुनको फाइदाबारे थाहै थिएन, त्यसैले हामी भारतीय ढिके नुनको प्रयोग गर्दै थियौँ, अब भन्ने आयोडिन नुनकै प्रयोग गर्न थालेका छौँ।’

साल्ट्र ट्रेडिङले गाउँमै आयोडिनयुक्त नुनको फाइदा र महत्वको विषयमा समयसमयमा प्रचारप्रसार गरेपछि आयोडिनयुक्त नुनप्रति आकर्षण बढेको उनको कथन छ।  आयोडिनयुक्त नुन प्रयोग गरेपछि मानसिकरुपमा फूर्तिलो, शारीरिक रुपमा स्वस्थ्य, स्मरण शक्तिको वृद्धिसँगै बालबालिकामा पढ्ने रुचिको विकास हुन्छ, तर भारतीय ढिके नुनमा त्यस्तो कुनै फाइदा नदेखिएपछि आयोडिन नुन खान सुरु गरिएको सिरहाको ठोरी गाउँपालिका ४ का शम्भु श्रेष्ठले बताए।

उनले भने, ‘करिब तीन÷चार वर्षअघिसम्म गाउँका प्रायः धेरै स्थानीयले भारतीय ढिके नुन खान्थे, तर अब अधिकांशले आयो नुनको प्रयोग गर्न थालिसकेका छन्।’ आयो नुनभन्दा सस्तो र खरिद गरेर सहज रुपमा ल्याउन सकिने भएकाले स्थानीयमा ढिके नुनको चाहट थियो, तर अब आयो नुन पनि गाउँमै सहज रुपमा आउन थालेकाले पनि आयो नुन खान थालेको उनको भनाइ थियो।

Metro Mart

प्रहरीले पनि भारतीय नुन आयातमा कडाइ गरेपछि भारतीय ढिके नुन बन्द भएको उनको भनाइ छ। आयोडिनयुक्त नुन बजारमा रु २० मा बिक्री भइरहेको छ भने भारतीय नुन प्रति प्याकेट भारतीय रु १० मा बिक्री भइरहेको छ। 

भारतीय सिमासँग जोडिएको पर्साको वीरगञ्ज महानगरपालिका, छिपहरमाई गाउँपालिका, ठोरी, पटेर्वासुगौलीलगायतका स्थानमा भारतीय ढिके नुनको प्रयोग बढी भइरहेको थियो, साल्ट्र ट्रेडिङ कार्पाेरेसन पर्सा वीरगञ्जका प्रमुख अमोज लामिछानेले भने, ‘भारतीय नुन प्रयोग भइरहेको स्थानमा आयोडिन नुनको प्रचारप्रसार गरेपछि अहिले भारतीय नुनको प्रयोगमा करिब ९० प्रतिशत कमी आएको छ।’

स्थानीयको आयो नुनप्रति आकर्षण बढेसँगै पर्सा, बारालगायतका जिल्लामा आयोडिनयुक्त नुनको माग बढेको प्रमुख लामिछानेले जानकारी दिए। उनका अनुसार पाँच वर्षअघिसम्म पर्सा, बारा, रौटहट र सर्लाहीमा गरी मासिक करिब १०/१२ हजार बोरा आयो नुन खपत हुँदै आएकोमा पछिल्लो केही वर्षदेखि मासिक २० हजार बोरा आयो नुन खपत हुन थालेको छ।

अघिल्लो आर्थिक वर्ष २०७९÷०८० मा दुई ४० हजार बोरा आयो नुन खपत भएको प्रमुख लामिछानेको भनाइ छ। साल्ट्र ट्रेडिङ कार्पाेरेसन पर्सा वीरगञ्जले पर्साको ११ , बाराको नौ, रौतहटको पाँच  र सर्लाहीका सात गरी ३२ डिलरमार्फत चार जिल्लामा नुन बिक्री गर्दै आएको छ।

प्रकाशित: Jan 26, 2024| 09:41 शुक्रबार, माघ १२, २०८०
प्रतिक्रिया दिनुहोस्