मंगलबार, जेठ १९, २०८३

मधेस प्रदेशमा राष्ट्रियसभा निर्वाचनको तयारी सकियो

 |  बुधबार, माघ १०, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, माघ १०, २०८०

जनकपुरधाम- राष्ट्रियसभा सदस्य निर्वाचन, २०८० अन्तर्गत मधेस प्रदेशमा बिहीबार हुने निर्वाचनको तयारी पूरा भएको छ।

National life

मधेस प्रदेशबाट प्रतिनिधित्व गर्ने महिला र अन्य समूह (खुला) गरी दुई पदका लागि निर्वाचन हुने प्रदेश निर्वाचन कार्यालय जनकपुरधामका निमित्त प्रमुख नवीन चौधरीले जानकारी दिए। महेन्द्र नारायण निधि संस्कृति केन्द्र जनकपुरधाममा हुने निर्वाचनमा प्रदेशसभा सदस्य र पालिका प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्षका लागि छुट्टाछुट्टै दुई मतदान केन्द्र कायम गरिएका छन्। प्रदेशसभा सदस्यका लागि हरियो र पालिका प्रमुख तथा उपप्रमुखका लागि रातो रङको मतपत्रको व्यवस्था गरिएको छ। मतदान बिहान ७ देखि अपराह्न ३ बजेसम्म हुनेछ। मतगणना महेन्द्र नारायण निधि संस्कृति केन्द्रमै गरिने प्रमुख चौधरीले बताए।

मधेसमा दुई सदस्यका लागि पाँच जनाले उम्मेदवारी दिएका छन्। अन्य समूहतर्फ नेपाली कांग्रेसका आनन्दप्रसाद ढुङ्गाना (धनुषा), नेकपा (एमाले) का कुमारी विजेता झा (धनुषा) र जनमत पार्टीका रामशङ्कर महासेठ (धनुषा)ले उम्मेदारी दिनुभएको छ। महिलातर्फ एमालेबाट उषादेवी थरुनी (पर्सा) र जनता समाजवादी पार्टी (जसपा)बाट पूजा चौधरी (रौतहट) को उम्मेदवारी परेको छ।

मधेस प्रदेशसभा सदस्य एक सय सात र स्थानीय तहका प्रमुख/उपप्रमुख दुई सय ६७ गरी तीन सय ७४ मतदाता रहेका छन्। प्रदेशमा एक सय ३६ स्थानीय तह छन्। स्थानीय तहका पाँच पदाधिकारी भने निलम्वनमा परेका छन्।

प्रदेशसभा सदस्यको मतभार ५३ का आधारमा यहाँ पाँच हजार छ सय ७१ र स्थानीय तहका प्रमुख/उपप्रमुख र अध्यक्ष/उपाध्यक्षको मतभार १९ का आधारमा पाँच हजार ७३ गरी कूल मतभार १० हजार सात सय ४४ रहेको छ।

Shivam cement

प्रकाशित: Jan 24, 2024| 20:14 बुधबार, माघ १०, २०८०
प्रतिक्रिया दिनुहोस्