बुधबार, भदौ १७, २०८३

निरन्तर बढेको जाडोले पूर्वी तराईका जिल्लाको जनजीवन प्रभावित

 |  आइतबार, माघ ७, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, माघ ७, २०८०

जलेश्वर- पछिल्लो २० दिनदेखि महोत्तरीलगायत पूर्वी तराईका जिल्लामा निरन्तर बढ्दै गएको जाडोले जनजीवन प्रभावित भएको छ। लगातारको चिसो कठ्याङ्ग्रिदो हावा, शीतलहर, हुस्सु र बाक्लो कुहिरोका कारण मानिस, पशुचौपाया तथा बालिनालीसमेत प्रभावित भएका छन्। 

जिल्लाको सहरी तथा ग्रामीण भेगमा मानिसको चहलपहलमा कमी आएको छ। चिसो बढेसँगै बजारमा बाक्लो ऊनीका कपडाको बिक्री भने बढेको व्यापारी बताउँछन्। स्वास्थ्य केन्द्रसहित जिल्ला अस्पतालमा रुघा, खोकी, दम तथा हाडजोर्नी दुखाइका बिरामीको सङ्ख्यामा वृद्धि भएको चिकित्सक बताउँछन्। लगातार बढ्दै गएको जाडोबाट बालबालिका, वृद्धवृद्धा र सुत्केरी बढी प्रभावित भएका छन्। 

दश नगरपालिका र पाँच गाउँपालिका रहेको महोत्तरीको विभिन्न गाउँबस्तीमा जाडोबाट बच्नका लागि ठाउँठाउँमा स्थानीयवासील आगो बालेर ताप्ने गरेको देखिन्छ। विभिन्न पालिकाले आ–आफ्नो क्षेत्रका गाउँ बस्तीमा आगो बाल्न निःशुल्क दाउरा उपलब्ध गराउनुका साथै कम्बल, सिरक तथा न्यानो कपडा वितरण गरिरहेका छन्।  

प्रकाशित: Jan 21, 2024| 20:16 आइतबार, माघ ७, २०८०
प्रतिक्रिया दिनुहोस्