आइतबार, साउन ४, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • अखिल क्रान्तिकारी अध्यक्ष सिंहसहित ६ जनाविरुद्ध पक्राउ पुर्जी जारी

अखिल क्रान्तिकारी अध्यक्ष सिंहसहित ६ जनाविरुद्ध पक्राउ पुर्जी जारी

 |  आइतबार, माघ ७, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, माघ ७, २०८०

vianetvianet

नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)की केन्द्रीय अध्यक्ष पञ्चा सिंहसहित ६ जनाको नाममा पक्राउ पुर्जी जारी भएको छ।

जिल्ला अदालत सुर्खेतले १५ वर्षअघि एक युवकको हत्या अभियोगमा उनीहरूलाई पक्राउ गर्न अनुमति दिएको हो। कालीकोटका १७ वर्षीय राजबहादुर मल्लको हत्यामा संलग्न भएको आरोप उनीहरुमाथि छ। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

सुर्खेतको जनमाविमा अध्ययनरत कालिकोटका राजबहादुरको २०६५ फागुन २६ गते साँझ खुकुरी हानेर हत्या गरिएको थियो। हत्यालगत्तै मृतकका काका नवराजले पदमबहादुर रावत ‘टाइगर’ विरुद्ध किटानी जाहेरी दिएकोमा बुबाले १४ वर्षपछि २०७९ साउन ३ गते पूरक जाहेरी दिएका थिए।

बुबाको किटानी जाहेरीअनुसार महावै गाउँपालिकाकी पञ्चा सिंहसहित, पदमबहादुर रावत, ‘गुराँस’ नाम गरेका बालकृष्ण सिंह, टंकबहादुर सिंह, कालिकोटकै खाडाचक्र नगरपालिकाका ‘सुभाष’ भनिने वीरबहादुर मल्ल र ‘अशोक’ भनिने अलि कार्कीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

प्रकाशित: Jan 21, 2024| 18:54 आइतबार, माघ ७, २०८०
प्रतिक्रिया दिनुहोस्