आइतबार, साउन ४, २०८२

इच्छाराज तामाङ सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर

 |  आइतबार, माघ ७, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, माघ ७, २०८०

vianetvianet

काठमाडौं- सिभिल सेभिङ एण्ड क्रेडिट कोओपरेटिभका सञ्चालक इच्छाराज तामाङ सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका छन्।
आइतबार विशेष अदालतका न्यायाधीशहरू टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले संविधानसभा सदस्य समेत रहेका तामाङलाई दोषी ठहर गरेको हो। 

उनीविरूद्ध एक वर्षअघि सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान गरी विशेष अदालतमा मुद्दा दायर गरेको थियो। विभागले तामाङसँग ३ अर्ब ३१ करोड ८५ लाख ९२ हजार ९ सय ४२ रुपैयाँ बिगो दाबी गरेको थियो।

विशेष अदालतले तीन वर्षभन्दा बढी सजाय हुन सक्ने भन्दै कसुर निर्धारणका लागि माघ २१ गतेका लागि अर्को इजलास तोकेको छ। 

प्रकाशित: Jan 21, 2024| 18:51 आइतबार, माघ ७, २०८०
प्रतिक्रिया दिनुहोस्