मंगलबार, पुस १, २०८२

वडास्तरमै पुगेर महाबु गाउँपालिकाले गर्‍यो ६८ योजना सम्झौता

 |  आइतबार, माघ ७, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, माघ ७, २०८०

दैलेख- जिल्लाको महाबु गाउँपालिकाले वडास्तरमै पुगेर ६८ वटा योजना सम्झौता गरेको छ। वडाका नागरिकले सहजै वडामै सुविधा प्राप्त गरुन् भन्ने उद्देश्यले वडास्तरको अभियान थालिएको गाउँपालिकाका कार्यवाहक अध्यक्ष मञ्जु पाण्डेले बताइन्।

National life

वडामा पालिकाको टोली मात्र पुगेन खाता खोल्नका लागि बैंकका कर्मचारीसमेत पुगेर खाता खोल्ने काम सँगसँगै गरेपछि जनतालाई योजना सम्झौता गर्न र बैंकमा खाता खोल्न लाग्ने खर्चसमेत बचत हुनाका साथै जनता पनि खुसी भएका उनले जानकारी दिइन्।

छ वटा वडाका ६८ वटा योजनामा सम्झौता सकिएको छ, खानेपानी, सडक, धारो कुवा, पानी, मन्दिर, कुलो निर्माणलगायत योजनाको सम्झौता गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदय उपाध्यायले जानकारी दिए।

उपभोक्ता समितिका अध्यक्ष, कोषाध्यक्ष, सचिवलगायत जिम्मेवार व्यक्तिलाई वडामै बोलाएर, योजना सम्झौता प्रक्रिया, प्राप्त भएको बजेट, योजना खरिद प्रक्रिया, भुक्तानी प्रक्रिया, योजनाको दिगोपना र गुणस्तरीयता कसरी कायम गर्ने भन्नेबारेमा उपभोक्ता समितिलाई अभिमुखीकरण गराइएको उनले जानकारी दिए।

हरेक योजनालाई कसरी प्रभावकारी बनाउने, योजनामा जनताको अपनत्व कसरी गर्ने, अनुगमन समितिको काम कर्तव्य र अधिकार के हो, पालिकाको अनुगमन टोलीलाई कहिले बोलाउने र जनश्रमदान के हो भन्ने विषयमा जानकारी गराइएकाकारण विकास निर्माणका काममा सहजता हुने आशा गरिएको प्रशासकीय अधिकृत उपाध्यायको भनाइ थियो। 

Laxmi sunrise bank
kumari

प्रकाशित: Jan 21, 2024| 21:30 आइतबार, माघ ७, २०८०
प्रतिक्रिया दिनुहोस्