मंगलबार, पुस १, २०८२

कैलालीमा पाटेबाघ मृत फेला

 |  आइतबार, माघ ७, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, माघ ७, २०८०

घोडाघोडी (कैलाली)- जानकी गाउँपालिका–९ मा रहेको अमरावती सामुदायिक वनमा पाटे बाघ मृत अवस्थामा फेला परेको छ। 

National life

तारले बेरिएको अवस्थामा वयस्क पोथी पाटे बाघ मृत अवस्थामा भेटिएको सव डिभिजन वन कार्यालय लम्कीका फरेष्टर रामबहादुर  रावलले जानकारी दिए। उनका अनुसार बाघको शरीरबाट दुर्घन्ध फैलिसकेकाले केही दिन अगाडि नै मरिसकेको हुनसक्ने देखिएको छ।

स्याउला लिन जङ्गल पुगेका स्थानीयले मृत बाघ देखेपछि प्रहरीलाई खबर गरेका थिए। त्यसपछि डिभिजन वन कार्यालय लम्की, प्रहरी र स्थानीय सो स्थलमा पुगेका थिए। 

मृत बाघको मुचुल्का बनाइ डिभिजन वन कार्यालय पहलमानपुर ल्याउने तयारी भइरहेको सव डिभिजन वन कार्यालय लम्कीका प्रमुख शेरबहादुर भण्डारीले जानकारी दिए। 

प्रकाशित: Jan 21, 2024| 20:00 आइतबार, माघ ७, २०८०
प्रतिक्रिया दिनुहोस्