शनिबार, वैशाख ६, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • इरान–पाकिस्तान तनावले दक्षिण एसियामा कस्तो प्रभाव पार्छ? 

इरान–पाकिस्तान तनावले दक्षिण एसियामा कस्तो प्रभाव पार्छ? 

 |  शनिबार, माघ ६, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, माघ ६, २०८०

vianetvianet

काठमाडौं- एकअर्काको भूमिमा ‘आतंकवादी’ विरुद्धको हमला गरेपछि इरान र पाकिस्तानबीच तनावपूर्ण स्थिति सिर्जना भएको छ। इरानले मंगलबार पाकिस्तानको बलुचिस्तानमा रहेको कथित आतंकवादी समूह जैश अल–अदलका दुईवटा अड्डामा हमला गरेको थियो।

triton college

त्यसको ४८ घण्टाभित्रै पाकिस्तानले इरानको सिस्तान–बलुचेस्तान प्रान्तमा कथित आतंकवादी लुकेका ठाउँमा आक्रमण गरेको थियो।

पाकिस्तानी सेनाको सञ्चार शाखाले एक विज्ञप्ति जारी गर्दै बलोचिस्तान लिबरेसन आर्मी (बीएलए) र बलुचिस्तान लिबरेसन फ्रन्ट (बीएलएफ) लुकेर बसेको ठाउँमा खुफिया जानकारीका आधारमा आक्रमण गरेको बताएको छ।

इरानको आक्रमणमा परी दुई बालबालिकाको ज्यान गएको इस्लामावादले जनाएको छ। पाकिस्तानले गरेको जवाफी आक्रमणमा ९ जनाको ज्यान गएको तेहरानले जनाएको छ।

गाजामा हमाससँग इजरायलको युद्ध र यमनमा हुथीविरुद्ध अमेरिकाले हमला गरिरहेका बेला पाकिस्तान र इरानबीच तनाव बढेको हो। यो घटनाले पाकिस्तान र इरानबीच द्वन्द्व बढ्न सक्ने र पहिले नै अस्थिर पश्चिम एसियामा थप तनाव निम्त्याउनसक्ने चिन्ता बढेको छ।

National life insurance

इरान र पाकिस्तानबीच करिब ९०० किलोमिटर लामो साझा सीमा रहेको छ। यो सीमा क्षेत्र लागुऔषध र अन्य तस्करी एवं आतंकवादग्रस्त छ। गोल्डस्मिथ लाइन भनेर चिनिने इरान–पाकिस्तान सीमाको दुवै क्षेत्रमा करिब ९० लाख बलुच जातीय समूहको बसोबास छ।

पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा र इरानको सिस्तान र बलुचेस्तान प्रान्तमा उनीहरूको बसोबास छ। अफगानिस्तानको उत्तरमा पनि बलुच समूहका मानिस बस्छन्। दुवै तर्फका बलुच नागरिकले आ–आफ्नो राज्यविरुद्ध वर्षौंदेखि छुट्टै ‘ग्रेटर बलुचिस्तान’ राष्ट्रको माग राख्दै पृथकतावादी आन्दोलन गर्दै आएका छन्।

दुवै देशले एकअर्कालाई आ–आफ्नो क्षेत्रमा आतंकवादी समूहलाई आश्रय दिएको आरोप लगाउँदै आएका छन्। इरानले वर्षौंदेखि पाकिस्तानलाई सीमा क्षेत्रमा लडाकुको मुद्दालाई सम्बोधन गर्न माग गर्दै आएको र अहिले धैर्यता गुमाएपछि आक्रमण गरेको भनिएको छ।

फेब्रुअरीको सुरुमा आम चुनाव हुने अपेक्षा गरिएका बेला घरेलु दबाबले पाकिस्तानी सेनाले तुरुन्तै आक्रमणको बदला लिएको ठानिएको छ। तर, दुवै पक्षले तनाव कम गर्ने इच्छा व्यक्त गरेका कारण द्वन्द्व नबढ्ने अनुमान गरिएको छ।दुवै देशसँग घनिष्ठ आर्थिक सम्बन्ध रहेको चीनले मध्यस्थताको प्रस्ताव गरेका कारण पनि द्वन्द्व नबढ्ने अपेक्षा गरिएको छ।

पश्चिम एसियाको अस्थिरताले भारतलाई पनि चिन्तित बनाएको छ। साउदी अरेबिया र इराकबाट इन्धन ढुवानीमा निर्भर रहेको भारतमा यसको असर परेमा दक्षिण एसिया पनि अछुत भने रहने छैन।

व्यावसायिक हितमा उत्पन्न हुनसक्ने खतरा रोक्न अरब सागरमा मालवाहक पानीजहाज लक्षित आक्रमणविरुद्ध भारतले पहिले नै युद्धपोत तैनाथ गरिसकेको छ।

युरोपसँग हुने भारतको प्रतिमहिना करिब १४ अर्ब अमेरिकी डलर बराबरको लगभग ८० प्रतिशत व्यापार लाल सागर हुँदै ढुवानी हुन्छ। भारतले यसै मार्गबाट अमेरिकाको पूर्वी तट, अफ्रिका र पश्चिम एसियामा पनि सामान पठाउँछ।

प्रकाशित: Jan 20, 2024| 09:29 शनिबार, माघ ६, २०८०
प्रतिक्रिया दिनुहोस्