सोमबार, वैशाख २४, २०८१

सालकको खपेटासहित २ जना पक्राउ

 |  शुक्रबार, माघ ५, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ ५, २०८०

कैलाली- बर्दगोरीया गाउँपालिका-६ स्थित सडकबाट सालकको खपेटा ११ किलो १ सय ग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ।

triton college

पक्राउ पर्नेहरूमा भजनी नगरपालिका-८ बस्ने ३५ वर्षीय पर्शुराम चौधरी र जोशिपुर गाउँपालिका-४ बस्ने ३२ वर्षीय प्रेम चौधरी रहेका छन्।

नेपाल प्रहरी प्रदेश प्रहरी कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय सुखड कैलालीबाट खटिएको प्रहरीले सु.प.प्र.०१००८ प ३५१२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त खपेटासहित फेला पारी पक्राउ गरेको हो। 

उनीहरूलाई आवश्यक अनुसन्धान एवं कारवाहीको लागि डिभिजन वन कार्यालय पहलमानपुरमा बुझाइएको छ। 

प्रकाशित: Jan 19, 2024| 20:20 शुक्रबार, माघ ५, २०८०
प्रतिक्रिया दिनुहोस्