बुधबार, भदौ १७, २०८३

गढीमाईमा पूर्वराजा ज्ञानेन्द्रले गरे पूजाआजा

 |  शुक्रबार, माघ ५, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ ५, २०८०

पूर्वराजा ज्ञानेन्द्र शाहले बाराको प्रसिद्ध धार्मिकस्थल गढीमाई मन्दिरमा पूजापाठ गरेका छन्। बिहीबार साँझ गढीमाई मन्दिर पुगेर उनले पूजापाठ गरेका हुन्।

गढीमाईमा पूर्वराजा शाहलाई स्थानीयले स्वागत गरेका थिए। उनीहरूले ‘राजा आऊ देश बचाऊ’, ‘हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ’, ‘राजा कसको जनताको, जनता कसको राजाको’सहितका नारा पनि लगाएका थिए।

पूर्वराजा शाह अहिले बारा, पर्सा, रौतहटसहितका जिल्लाको भ्रमणमा छन्।

प्रकाशित: Jan 19, 2024| 05:48 शुक्रबार, माघ ५, २०८०
प्रतिक्रिया दिनुहोस्