आइतबार, साउन ४, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • चौधरीको उद्योगले प्रदूषण फैलाएपछि वडाध्यक्षको अगुवाइमा विरोध प्रदर्शन

चौधरीको उद्योगले प्रदूषण फैलाएपछि वडाध्यक्षको अगुवाइमा विरोध प्रदर्शन

 |  बिहीबार, माघ ४, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, माघ ४, २०८०

vianetvianet

पूर्वी नवलपरासीको दुम्कौलीमा रहेको चौधरी उद्योग ग्रामले प्रदूषण फैलाएको भन्दै स्थानीय विरोधमा उत्रिएका छन्। उद्योग रहेको गाउँको सुन्दरबस्ती टोल विकास संस्थामा आबद्ध स्थानीयले बिहीबार वडाध्यक्षको नेतृत्वमा उद्योगको गेटमै जम्मा भएर प्ले कार्डसहित नाराबाजी गर्दै विरोध गरेका हुन् । 

उद्योग सञ्चालन गर्दा उडेको धूलोले गाउँलेहरू घरबाहिर निस्कन नसक्ने अवस्था सिर्जना भएको भन्दै देवचुली नगरपालिका– २ का वडाध्यक्ष शरद घिमिरेको नेतृत्वमा स्थानीय विरोधमा उत्रिएका छन्।

दुई दिनभित्र प्रदूषण नियन्त्रण गर्छौं भनेर कारखाना व्यवस्थापनले प्रदर्शनकारीलाई आश्वस्त पारेपछि शनिबारसम्मको समय दिएर बिहीबारको आन्दोलन स्थगित गरिएको वडाध्यक्ष घिमिरेले जानकारी दिए। त्यतिन्जेलसम्म समस्या समाधान भएन भने उद्योग चल्न नदिने उनले बताए।

गाउँलेले स्वच्छ वातावरण कायम गर्न पटक–पटक उद्योगलाई ज्ञापनपत्र बुझाउदा समेत अटेर गरेकाले विरोधमा उत्रिनुपरेको उनले बताए। यहाँ रहेको चौधरी उद्योग ग्रामले चाउचाउ, बियर, रियो र चुरोट उत्पादन गर्दै आएको छ। चौधरी उद्योग ग्राम नेपाली कांग्रेसका सांसदसमेत रहेका विनोद चौधरीको हो।

प्रकाशित: Jan 18, 2024| 20:40 बिहीबार, माघ ४, २०८०
प्रतिक्रिया दिनुहोस्