आइतबार, साउन ४, २०८२

राहदानी सेवा पालिकाबाटै 

 |  बिहीबार, माघ ४, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, माघ ४, २०८०

vianetvianet

सिरहा (रासस)– सिरहाको मिर्चैया नगरपालिकाले बुधबारदेखि स्थानीय स्तरबाटै राहदानी वितरण सुरु गरेको छ । नगर प्रमुख श्रवणकुमार यादवले मिर्चैया–६ की शर्मिलाकुमारी घिमिरेलाई राहदानी हस्तान्तरण गर्दै सेवा सुरु गरेका छन् । 

‘अब पालिकावासी राहदानीका लागि सदरमुकाम सिरहास्थित जिल्ला प्रशासन कार्यालय पटक–पटक धाउनुपर्ने बाध्यता हटेको छ,’ नगर प्रमुख यादवले भने, ‘आगामी दिनमा यसलाई अझै प्रभावकारी र चुस्त बनाउँछौं ।’ उनका अनुसार बायोमेट्रिकबाहेक आवेदनलगायत सम्पूर्ण काम पालिकाबाटै हुने भएको छ । 

स्थानीय स्तरबाट राहदानी पाउने भएपछि स्थानीय खुसी भएका छन् । नागरिकलाई सहज होस् भनेर जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा कार्यालयबाट प्राप्त राहदानी पालिकाबाट नै वितरण सुरु गरिएको उनले जानकारी दिए । 

प्रकाशित: Jan 18, 2024| 20:01 बिहीबार, माघ ४, २०८०
प्रतिक्रिया दिनुहोस्