बुधबार, पुस २, २०८२

बारामा ५ हजार ४६० बोरा पोटास बरामद

 |  बिहीबार, माघ ४, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, माघ ४, २०८०

काठमाडौं- बारामा प्रहरीले दुई दिनमा ८७ लाख रुपैयाँ बराबरको पोटास मलखाद बरामद गरेको छ। कर सम्बन्धी विवरण शंकास्पद देखिएपछि प्रहरीले पोटास मलखाद बोकेका ट्रक नियन्त्रणमा लिएको हो।

National life

बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेका अनुसार प्रहरीले बुधबार र बिहीबार पथलैया चोकमा १३ वटा ट्रक नियन्त्रणमा लिइएको बताए।

इलाका प्रहरी कार्यालय बारा र प्रहरी चौकी पथलैयाको टोलीले ट्रकहरू नियन्त्रणमा लिएको हो। प्रहरीले जितपुर सिमरा उपमहानगरपालिका-१ पथलैयामा ती ट्रक रोकेको थियो। ती ट्रकमा ५ हजार ४६० बोरा पोटास थियो। ती ट्रकमा एमएस किसान ट्रेडर्स नामक भारतीय कम्पनीको थियो।

ती ट्रक वीरगन्ज भन्सारबाट छुटेर राजविराज, विराटनगर र बिर्तामोडतिर गइरहेका थिए। नियन्त्रणमा लिइएको खाद र ट्रक राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाउने तयारी भइरहेको न्यौपानेले बताए।

प्रकाशित: Jan 18, 2024| 19:40 बिहीबार, माघ ४, २०८०
प्रतिक्रिया दिनुहोस्