बिहीबार, चैत २६, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • यातायातमन्त्री भन्छन् - सरकार उत्तर-दक्षिण सडकको काममा केन्द्रित छ 

यातायातमन्त्री भन्छन् - सरकार उत्तर-दक्षिण सडकको काममा केन्द्रित छ 

 |  बिहीबार, माघ ४, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, माघ ४, २०८०

काठमाडौं- भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सरकार अब उत्तर–दक्षिण राजमार्गको काममा केन्द्रित हुने बताएका छन्।  बिहीबार सिंहदरबारस्थित संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उनले पूर्व–पश्चिम राजमार्गको काम पर्याप्त भइसकेको दाबी गर्दै अब सरकारको काम उत्तर–दक्षिण राजमार्गमा केन्द्रित हुने बताएका हुन्। 

National life

मन्त्री ज्वालाले सो राजमार्ग व्यापारिक र त्रिदेशीय सम्बन्ध पनि जोड्ने भएकाले यसलाई उच्च प्राथमिकता दिएर सरकारले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट ल्याउने प्रतिवद्धता समेत व्यक्त गरे। उनले पूर्व–पश्चिम विद्युतीय रेलमार्ग जनतालाई सास्ती पनि नहुने र विकास निर्माणको काम पनि अघि बढ्ने हिसावले अघि बढाउने आवश्वासन समेत दिए।

मन्त्री ज्वालाले भने, ‘माननीयजीहरुसँग म के कुरामा सहमत छु भने पूर्व–पश्चिम सडक चाँही अलि पर्याप्त भइसके भन्ने लाग्छ मलाई। कम्प्लिट गर्नुपर्ने त छ नै। पूर्व–पश्चिम राजमार्ग छँदै छ। त्यसलाई हामीले स्तरोन्नतिको काम गरिरहेका छौँ। कुनै सेक्टरमा वल्र्ड बैंकले सहयोग गरेको छ। कुनैमा एडीबीले सहयोग गरेको छ। यसलाई पनि हामीले ४ लेन र ६ लेनमा स्तरोन्नति गर्ने। त्यसो भयो भने धेरै ठूलो भइहाल्छ।’ 

उनले हुलाकी राजमार्ग, भित्री मधेशलाई लक्षित गरेर बनाइएको मदन भण्डारी राजमार्ग, पुष्पलाल मध्यपहाडी लोकमार्ग सबै पूर्वपश्चिम केन्द्रित भएको बताए।  ‘पूर्व–पश्चिम यातायातको सन्दर्भमा धेरै ठूलो समस्या अब हुन्छ जस्तो लाग्दैन, त्यसैमा फेरि जो पूर्व–पश्चिम रेल वे छ। अब हामीले यसको निकास निकाल्नुपर्छ’, उनले भने, ‘अब बजेट पनि नआउने, अगाडि बढाउन पनि नसकिने, काम गर्न पनि नसकिने अनि जनताको जग्गाचाहिँ होल्ड गरेर पनि राख्ने अवस्था लामो समयसम्म नहुने गरी हामी काम गर्छौँ।’ 

उनले अब ध्यान दिनुपर्ने भनेको उत्तर–दक्षिण करिडोरमै रहेको बताए। ‘किनकि उत्तरदक्षिण करिडोर भनेको आर्थिक करिडोर पनि हो। व्यापारिक मार्ग पनि हो’, उनले थपे, ‘यो दक्षिण सीमानादेखि उत्तरी सीमानसम्म पनि हो । यी त्रिदेशीय लिंक रोडहरु पनि हुन। त्यसैले व्यापारिक उद्देश्यले अथवा उत्पादित खाद्यन्न लगायतका वस्तुहरु पहाडमा पुर्‍याउनु पर्दा, पहाडमा उत्पादित जडिबुटी, फलफूल लगायतका वस्तुहरु दक्षिण पुर्‍याउनुपर्ने अवस्थामा उत्तर–दक्षिण सडकहरुलाई अब हामी उच्च प्राथमिकतामा राख्छौँ।’ 

kumari

अब बनिरहेको १६ औं योजनामा पनि हामी त्यही ढंगले आयोजनाहरु तय गर्ने उनको भनाइ छ। बैठकमा बोल्दै समितिका सदस्यहरुले जनतामा आशा जगाउने खालका पूर्वाधार विकासमा जोड दिन सरकारलाई सचेत गराएका थिए। प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सांसद रामचन्द्र राईले विदेश पलायन हुने क्रम रोक्ने गरी विकास, निर्माणको कामलाई अघि बढाउन सरकारलाई सुझाव दिए। 
 

प्रकाशित: Jan 18, 2024| 19:00 बिहीबार, माघ ४, २०८०
प्रतिक्रिया दिनुहोस्