शनिबार, असार १३, २०८३

गाउँपालिका उपाध्यक्ष जोशीको निधन

 |  बिहीबार, माघ ४, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, माघ ४, २०८०
National life
Shivam cement

 बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकाकी उपाध्यक्ष मैना जोशीको निधन भएको छ। ५२ वर्षको उमेरमा आज बिहान करिब ३ बजे आफ्नै घरमा उनको निधन भएको हो।

गत स्थानीय तह चुनावमा जोशी नेपाली कांग्रेसबाट उम्मेदवार भई उपाध्यक्षमा निर्वाचित भएकी थिइन्। जोशी क्यान्सरबाट पीडित थिइन्। ललितपुरको किष्ट अस्पतालमा उपचार गराएर हालै उनलाई घर लगिएको थियो।

गाउँपालिकाले आज शोक प्रस्ताव पारित गर्दै शोक बिदा दिएको छ।

प्रकाशित: Jan 18, 2024| 13:41 बिहीबार, माघ ४, २०८०
प्रतिक्रिया दिनुहोस्