शनिबार, साउन ३, २०८२

मनिषालाई केपी ओलीको बधाई

 |  बिहीबार, माघ ४, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, माघ ४, २०८०

vianetvianet

काठमाडौं- नकेपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गुल्मीकी मनिषा जिसीलाई बधाई दिएका छन्।

लोकसेवा आयोगले लिएको विभिन्न पदको परीक्षामा एकै वर्षमा ५ ठाउँमा नाम निकाल्न सफल भएको समाचार पढेपछि उनले मनिषालाई बधाई दिएका हुन्।

फेसबुक पेजमा उनले लेखेका छन्, ‘गुल्मीकी मनिषा जिसीले लोकसेवा आयोगले लिएको विभिन्न पदको परीक्षामा एकै वर्षमा ५ वटा पदमा नाम निकाल्न सफल भएको समाचार आज अनलाइनहरुमा पढें। यो सुखद् खबर हो। मेहनत गर्नेलाई स्वदेशमै अवसर छ भन्ने सकारात्मक सन्देश यसले दिएको छ। मनिषा नानीलाई बधाई, अब काममा पनि त्यस्तै सफलता प्राप्त होओस्, शुभकामना!’

 

प्रकाशित: Jan 18, 2024| 13:21 बिहीबार, माघ ४, २०८०
प्रतिक्रिया दिनुहोस्