शनिबार, साउन ३, २०८२

ज्यान मार्ने धम्की दिएर १५ लाख फिरौती माग्ने तीनजना पक्राउ

 |  बिहीबार, माघ ४, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, माघ ४, २०८०

vianetvianet

चितवन- ज्यान मार्ने धम्की दिँदै फिरौती माग्ने तीनजना पक्राउ परेका छन् । प्रहरीले भरतपुर महानगरपालिका–२१ का २७ वर्षीय सरोज सुनार, वडा नं १ का २६ वर्षीय दीपक विक र वडा नं २६ का २५ वर्षीय सागर विकलाई पक्राउ गरेको हो ।

अभियुक्तहरूले रुपन्देही घर भई हाल भरतपुर महानगरपालिका–१ मा व्यापार गर्ने करन गुप्तालाई अपरिचित एनसेल नम्बरबाट फोन गरी धम्की दिँदै आएका थिए । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीका अनुसार उनीहरुलाई आपराधिक षड्यन्त्र मुद्दामा म्याद थप गरी अनुसन्धान थालिएको छ ।

प्रकाशित: Jan 18, 2024| 12:41 बिहीबार, माघ ४, २०८०
प्रतिक्रिया दिनुहोस्