शनिबार, असार १३, २०८३

रास्वपाले २७ वटा विकास आयोजनामा दबाब यात्रा गर्ने

 |  बिहीबार, माघ ४, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, माघ ४, २०८०

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भौतिक विकासका रुग्ण र अलपत्र परेका आयोजनाबारे सरकारको ध्यानाकर्षण गराउन दबाबमूलक कार्यक्रम गर्ने निर्णय गरेको छ।

National life

त्यस्ता आयोजनाहरुबारे थप अध्ययन गरी कार्यक्रमको सम्भावित प्रारुप र मितिसमेत प्रस्ताव गर्न कार्यदल गठन गरिएको रास्वपाले जनाएको छ।

कार्यदलमा श्रीराम न्यौपाने, शिशिर खनाल, विपिनकुमार आचार्य, कृष्ण भेटवाल, प्रतिभा रावल र खुस्बु सरकार श्रेष्ठ रहेका छन्। रास्वपाले आफ्नो पार्टी अभियान अन्तर्गत मिसन ८० मा विकास आयोजनामा भइरहेको ढिलाइबारे नागरिकलाई सचेतना र सरकारलाई खबरदारी अभियान सुरु गरेको छ।

अभियानको सुरुवातमा नारायणगढ–बुटवल दबाब यात्रा गरिएको थियो। बैठकले सो अभियानलाई निरन्तरता दिने निर्णय गर्दै थप २७ आयोजना केन्द्रित दबाब कार्यक्रम गर्ने निष्कर्ष निकालेको हो।

Shivam cement

प्रकाशित: Jan 18, 2024| 09:00 बिहीबार, माघ ४, २०८०
प्रतिक्रिया दिनुहोस्