बिहीबार, चैत २६, २०८२

वीरगञ्जमा रामको मूर्ति स्थापना हुने, माछामासु प्रतिबन्ध

 |  बिहीबार, माघ ४, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, माघ ४, २०८०

भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठा हुने दिनमै वीरगञ्जमा पनि भगवान् रामको मूर्ति स्थापना तथा प्राण प्रतिष्ठा गरिने भएको छ।

National life

अयोध्यामा जनवरी २२ अर्थात् माघ ८ मा प्राण प्रतिष्ठा अनुष्ठान हुँदैछ। सोही दिन वीरगन्जको घडिअर्वा पोखरीको दक्षिण ढोकातर्फ रहेको रामजानकी मन्दिरमा भगवान् रामको मूर्ति स्थापना तथा प्राण प्रतिष्ठा गर्ने तयारी गरिएको छ।

वीरगञ्ज महानगरपालिकाले प्राण प्रतिष्ठाको कार्यक्रम राखेको छ। उक्त दिन वीरगञ्ज महानगर क्षेत्रभित्र कुनै पनि पशुपन्छी, जीवजन्तु आदिको वध, मदिरा, माछामासुको बिक्री वितरण लगायतका कार्य नगरिदिन महानगरले सूचना जारी गरेको छ।

सूचनाको अटेर गरेमा नियमानुसार कारबाही गरिने महानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत अरबिन्द लाल कर्णले जारी गरेको सूचनामा उल्लेख छ। 
अयोध्यामा हुने भगवान् रामको प्राण प्रतिष्ठाको अवसरमा नेपालको विभिन्न स्थानमा कार्यक्रमको तयारी छ ।

जनकपुरधामस्थित जानकी मन्दिरमा एक लाख २५ हजार दीप जलाउने बताइएको छ। जनकपुरधामका मेयर मनोज साहले नगरवासीलाई दीपोत्सव गर्न अपिल गरेका छन् ।
 

kumari

प्रकाशित: Jan 18, 2024| 08:31 बिहीबार, माघ ४, २०८०
प्रतिक्रिया दिनुहोस्