शनिबार, साउन ३, २०८२

१५ लाख घूससहित वडाध्यक्ष पक्राउ

 |  बुधबार, माघ ३, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, माघ ३, २०८०

vianetvianet

काठमाडौं- १५ लाख रुपैयाँ घूससहित वडाध्यक्ष पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले घरबाटो सिफारिस गर्ने प्रयोजनका लागि १५ लाख घूस लिएको आरोपमा बनेपा नगरपालिका वडा नम्बर ९ का अध्यक्ष नृपेश बादेलाई पक्राउ गरेको हो।  

उनलाई घूस लिइसकेको अवस्थामा मध्यपुर ठिमी नगरपालिका वडा नम्बर ३ स्थित गठ्ठाघरबाट नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ।

आरोपी अध्यक्षसँगै आएका बा ७ च १२९ नम्बरका कार चालक बाह्रबिसे घर भई भक्तपुरको दुवाकोट बस्ने पदम बहादुर प्रधानलाई समेत नियन्त्रणमा लिइएको छ।

प्रकाशित: Jan 17, 2024| 21:28 बुधबार, माघ ३, २०८०
प्रतिक्रिया दिनुहोस्