बिहीबार, चैत २६, २०८२

नक्कली रक्सी बनाउने ९ जना पक्राउ

 |  बुधबार, माघ ३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, माघ ३, २०८०

नक्कली रक्सी बनाएको आरोपमा प्रहरीले ९ जनालाई नियन्त्रणमा लिएर सार्वजनिक गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले गोप्य सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिएको हो।

National life

स्वदेशी तथा विदेशी विभिन्न ब्राण्डका रक्सीका नाममा नक्कली रक्सी बजारमा पठाउने गरेको गुनासा र गोप्य सूचना प्राप्त भएपछि प्रहरीले अनुसन्धान गरेको थियो। मंगलबार प्रहरीले काठमाडौंको मनोहरा नगरपालिका ५ थलीस्थित भरत थापाको घरमा डेरा गरी बस्ने विनोदकुमार कार्कीको कोठाबाट नक्कली रक्सी बनाउने सामग्री बरामद गरेको थियो।

नक्कली रक्सी बनाउन संलग्न रहेको आरोपमा प्रहरीले रामेछापका २८ वर्षीय मनोज खत्री, रामेछापकै ३६ वर्षीय विनोदकुमार कार्की, सिन्धुपाल्चोकका २७ वर्षीय मोहन खड्कालाई पक्राउ गरेको छ।

साथै सिन्धुलीका २८ वर्षीय गौरव तामाङ, काठमाडौं कागेश्वरी मनोहराका ३५ वर्षीय सुमन नगरकोटी, सिन्धुलीका ४० वर्षीय लेखविक्रम थापा, रामेछापका २३ वर्षीय महेश खत्री, सिन्धुपाल्चोकका १८ वर्षीय रोशन कार्की, रापेछापका २० वर्षीय मनिष खत्रीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रकाशित: Jan 17, 2024| 13:13 बुधबार, माघ ३, २०८०
प्रतिक्रिया दिनुहोस्