बुधबार, पुस २, २०८२

हिमपातले कालिञ्चोक सेताम्मे, पर्यटक बढे

 |  बुधबार, माघ ३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, माघ ३, २०८०

दोलखाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय कालिञ्चोकसहित उच्च हिमाली क्षेत्रमा मंगलबार दिउँसोदेखि हिमपात हुन थालेको छ। मौसममा आएको परिवर्तनसँगै चिसो बढेपछि कालिञ्चोक क्षेत्रमा हिमपात भएको हो।

National life

निरन्तर हिमपात भएका कारण कालिञ्चोक मन्दिरलगायत आसपासका पहाड र कुरी बजारसमेत सेताम्य भएको छ। जिल्लाको मुख्य पर्यटकीय स्थलका रूपमा चिनिने कालिञ्चोक, जिरी, शैलुङ खरीढुङ्गालगायतका क्षेत्रमा पनि हिमपात हुन थालेको छ।

हिउँ परेपछि कालिञ्चोकमा आन्तरिक पर्यटक बढेका छन्। कालिञ्चोक क्षेत्रमा यो वर्ष पहिलोपटक हिमपात भएको हो। हिउँदमा सधैँ पर्यटक भरिभराउ हुने कालिञ्चोकमा यो वर्ष हिमपात नहुँदा पर्यटकको चहलपहल खासै बढेको थिएन।

दोलखा सदरमुकाम चरिकोटबाट १८ किलोमिटरको दूरीमा रहेको कालिञ्चोकको प्रवेश बजार कुरीबाट झण्डै एक किलोमिटर केबलकारमार्फत कालिञ्चोक भगवतीको मन्दिर भएको स्थानमा पुग्न सकिन्छ। 

प्रकाशित: Jan 17, 2024| 06:34 बुधबार, माघ ३, २०८०
प्रतिक्रिया दिनुहोस्