बुधबार, भदौ १७, २०८३

टिजरमा यस्तो देखियो अर्जुन सुवेदीको 'रंगेली'

 |  मंगलबार, माघ २, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २, २०८०

अर्जुन सुवेदी निर्देशित फिल्म 'रंगेली' को टिजर सार्वजनिक भएको छ। सोमबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत फिल्मको टिजर सार्वजनिक गरिएको हो।

टिजरमा अभिनेता दयाहाङ राई र अर्पण थापालाई दुश्मनको रूपमा चित्रण गरिएको छ भने अभिनेत्री मिरूना मगरलाई शान्त स्वाभावकी थारू युवतीको रूपमा प्रस्तुत गरिएको छ।

सुवेदीकै लेखन रहेको फिल्ममा मिरूना मगर, दयाहाङ राई, अर्पण थापा, प्रविण खतिवडा, रमेश बुढाथोकीलगायत कलाकारको अभिनय छ। फिल्म सुशन प्रजापतिले छायांकन गरेका छन्।

संसार चौलागाईं र रमेश भट्टराई निर्माता रहेको फिल्ममा युवक कार्की र शिव शंकर चौलागाईं सहनिर्माता छन्। फिल्मका कार्यकारी निर्माता जितेन्द्र खतिवडा र अनुजजंग थापा हुन्।

यो आगामी शिवरात्रिको दिन फागुन २५ गते रिलिज हुँदैछ।

प्रकाशित: Jan 16, 2024| 14:08 मंगलबार, माघ २, २०८०
प्रतिक्रिया दिनुहोस्