सोमबार, मंसिर २९, २०८२

थारू संस्कृति संरक्षणमा जुट्यो युवा पुस्ता

 |  मंगलबार, पुस २४, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २४, २०८०

घोराही– पछिल्लो समय थारु जातिको कला र संस्कृति संरक्षणमा नयाँ पुस्ताको आकर्षण बढ्दै गएको छ। जिल्लामा हुने विभिन्न सांस्कृतिक कार्यक्रमसँगै मेला, महोत्सवहमा थारु जातिको मौलिक संस्कृतिको रुपमा रहेका नृत्यतर्फ नयाँ पुस्ताको अग्रसरता बढ्दै गएको हो। 

National life

शान्तिनगर गाउँपालिका-५ की सुरक्षा चौधरी पछिल्लो समय संस्कृति संरक्षणमा जुटेकी छन्। आफ्नो मौलिक पहिचानका रुपमा रहेका थारु वेषभूषा, गरगहनामा सजिएर विभिन्न कार्यक्रममा सहभागी हुनेदेखि नाच्ने गरेको उनले बताइन्। चौधरीले थारूको पहिचानका रुपमा रहेका बड्का नाँच, छोक्रा नाँच र सख्या नाच नाच्न सिकेकी छन्। 

विद्यालयसँगै जिल्लामा हुने विभिन्न कार्यक्रम तथा सभासम्मेलनमा थारु जातिसँग सम्बन्धित नाचको माग हुन थालेपछि समूह बनाएर सहभागी हुने गरेको घोराही उमहानगरपालिका–१० की अनिता चौधरी  बताउँछन्। अनिता पछिल्लो समय फुर्सदको समयमा थारू नृत्य सिक्नेदेखि कार्यक्रममा सहभागी हुने गर्छन्। 

पछिल्लो समय थारु समुदायका युवायुवती आफ्नो भेषभुषामा सजिएर सार्वजनिक कार्यक्रममा सहभागी हुने क्रम बढ्दै गएको छ। जिल्लामा हुने धेरैजसो कार्यक्रममा आफ्नो वेशभूषा र पहिरनमा सजिएर नाचगान गर्ने तथा पाहुनाको स्वागतमा उनीहरु खटिने गर्छन्। यो क्रम बढ्दै गएको छ। घोराही–११ वनघुस्राका रामप्रसाद चौधरी आधुनिकतासँगै बाह्य संस्कृतिका कारण ओझेलमा परेको थारू संस्कृतिको विकास गर्न युवा पुस्ता अग्रसर भएको बताउँछन्। 

थारु जातिमा सखिया गीत गाउने र माघीमा मघौटा नाच नाच्ने चलन छ। त्यस्तै जहिलेसुकै नाचिने छोक्रा नाच, हातमा रङ्गिविरङ्गी टालो बाँधेर नाचिने झुम्रा नाच, बड्का नाच पनि नाच्ने गरिन्छ।

Laxmi sunrise bank
kumari

थारु कला संस्कृति नयाँ पुस्तालाई  कसरी हस्तान्तरण गर्न सकिन्छ भन्नेबारे प्रशिक्षणको व्यवस्था हुनुपर्ने चौधरीले बताए। थारु समुदायको विभिन्न बाजा संरक्षणका लागि संघीय, प्रदेश तथा स्थानीय सरकारले पहल गर्नुपर्ने उनको भनाइ छ। 

प्रकाशित: Jan 09, 2024| 22:25 मंगलबार, पुस २४, २०८०
प्रतिक्रिया दिनुहोस्