मंगलबार, पुस १, २०८२

स्तनपान गराउनेमा औपचारिक शिक्षा नलिएका आमा अगाडि

 |  आइतबार, पुस १५, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, पुस १५, २०८०

काठमाडौं- नेपालमा औपचारिक शिक्षा लिएका आमाको तुलनामा नलिएका आमाहरूले बढी पूर्ण स्तनपान गराउने गरेको पाइएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य विभागको पोषण शाखाका प्रमुख लीलाविक्रम थापाले साक्षरभन्दा कम साक्षर आमाले आफ्ना बालबालिकालाई पूर्ण स्तनपान गराएको पाइएको जानकारी दिए।

National life

उनका अनुसार कुनै पनि औपचारिक शिक्षा नभएका ५९ प्रतिशत आमाहरूले पूर्ण स्तनपान गराउँदा आधारभूत शिक्षा लिएका ६१ प्रतिशत र माध्यामिक शिक्षा लिएका ५३ प्रतिशत आमाले स्तनपान गराउने गरेका छन्। उनले पढेलेखेका आमाहरूले पूर्ण स्तनपान गराउँदा स्तनको आकार बिग्रन्छ भनेर नगराउने गरेको बताए।

उनले पूर्ण स्तनपान नगराउनेमा धेरैजसो जागिर गर्ने आमा रहेको बताए। उनका अनुसार नेपालमा ५६ प्रतिशत आमाहरूले पूर्णस्तनपान गराउने गरेका छन्। कोशी प्रदेशमा ५३ प्रतिशत, मधेश प्रदेशमा ६५ प्रतिशत, बागमति प्रदेशमा ४३ प्रतिशत, गण्डकी प्रदेशमा ६४ प्रतिशत, लुम्बिनी प्रदेशमा ३६ प्रतिशत, कर्णाली प्रदेशमा ७४ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ७४ प्रतिशत आमाहरूले बच्चालाई पूर्णस्तनपान गराउने गरेका छन्।

यस्तै २२ प्रतिशत आमाहरूले दूधदानीबाट बच्चालाई दूध खुवाउने गरेका छन्। यस्तै आर्थिक रूपमा उच्च आयका आमाको तुलनामा न्यून आयभएका आमाहरूले धेरै मात्रामा पूर्णस्तनपान गराउने गरेको पाइएको छ।

शाखा प्रमुख थापाका अनुसार न्यून आय भएका ६४ प्रतिशत आमाले पूर्ण स्तनपान गराउने गरेका छन्। यस्तै उच्च आय भएका आमामध्ये ४४ प्रतिशतले मात्र र मध्यम आय भएका ६१ प्रतिशत आमाले पूर्ण स्तनपान गराउने गरेका छन्।

Laxmi sunrise bank
kumari

नेपालमा कुनै न कुनै समयमा स्तनपान गराउने ९९ प्रतिशत आमा छन्। यस्तै जन्मेका एक घण्टाभित्र स्तनपान गराउने ५५ प्रतिशत र जन्मेको दुई दिनसम्म पूर्ण स्तनपान गराउने आमा ५९ प्रतिशत छ। तथ्याङ्कअनुसार दुई वर्षसम्म स्तनपान गराउने आमाको सङ्ख्या ९४ प्रतिशत छ।

विश्वमा दुई जना नवजात शिशुमध्ये एक जना नवजात शिशुलाई जन्मेको एक घण्टाभित्र स्तनपान गराइन्छ।

प्रकाशित: Dec 31, 2023| 19:31 आइतबार, पुस १५, २०८०
प्रतिक्रिया दिनुहोस्