शनिबार, साउन १६, २०८३

वीरगञ्जमा हैजाका ६४ जना बिरामी उपचाररत

 |  बिहीबार, भदौ १२, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १२, २०८२

पर्सा- यहाँस्थित नारायणी अस्पतालमा हैजाबाट सङ्क्रमित ६४ जना बिरामी उपचाररत रहेका छन्। अस्पतालका प्रवक्ता डा उदयनारायण सिंहका अनुसार उनीहरुको अवस्था सामान्य छन्।

उक्त अस्पतालमा यही भदौ ६ देखि ११ गतेसम्म २२६ जना झाडाका बिरामी आएकामा १६२ जना स्वास्थ्यलाभ गरेर घर फर्किएका उहाँले जानकारी दिनुभयो। छ जनाको सघन उपचारकक्षमा उपचार भइरहेको छ।

बुधबार साँझसम्म ११० जनाको ‘कोलेरा आरडिटी’ गरिएकामा ४८ जनालाई हैजाको सङ्क्रमण पुष्टि भएको छ। आरडिटी पोजिटिभमध्ये १५ जनाको नमूना ‘कल्चर’का लागि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पठाइकामा १२ जनामा ‘भिब्रिओ कोलेरा’ भेटिएको छ।

प्रकाशित: Aug 28, 2025| 09:05 बिहीबार, भदौ १२, २०८२
प्रतिक्रिया दिनुहोस्